Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

नर्भिकले गर्याे एकमहिने ल्याप्रोस्कोपिक सर्जरी अभियानको घोषणा, प्याकेज किन्दा भारी छुट


नर्भिकले गर्याे एकमहिने ल्याप्रोस्कोपिक सर्जरी अभियानको घोषणा, प्याकेज किन्दा भारी छुट

नेपालखोज
२०८० असार २१ गते ११:२६

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरले स्त्री रोगसँग सम्बन्धित बिरामीलाई लक्षित गर्दै भारी छुटसहितको एक महिने ल्याप्रोस्कोपिक सर्जरी प्याकेजको घोषणा गरेको छ ।

नर्भिक आइभिएफले आफ्नो तेस्रो बार्षिकोत्सवको अवसर पारेर आगामी असार २५ गतेदेखि श्रावण २५ गतेसम्म स्त्री रोगसँग सम्बन्धित बिरामीलाई अस्पतालको नियमित शुल्कमा भारी छुट दिएर एक महिनासम्म ल्याप्रोस्कोपिक सर्जरी क्याम्पको आयोजना गर्न लागेको हो । उक्त सर्जरी प्याकेजमा नर्भिक आइभिएफकी बरिष्ठ स्त्री रोग तथा टेष्ट ट्युव वेवी बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले बिरामीको शल्यक्रिया एवम् उपचार गर्नेछ ।

सहुलियत प्याकेजमा महिलाको पाठेघर फाल्न गरिने अप्रेशन, पाठेघरको ट्युमर, शिष्ट लगायत पाठेघरको कुनै पनि समस्यामा गरिने शल्यक्रियात्मक प्रक्रियाहरु समेटिएको नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।

कुनै पनि महिलाको बच्चा नहुने अप्रेशन गर्न वा त्यस्तो अप्रेशनलाई पुनः खोल्न पनि ल्याप्रोस्कोपिक सर्जरी निकै प्रभावकारी हुने भएकाले त्यससँग सम्बन्धित बिरामीले पनि क्याम्पमा सहभागिता जनाउन सक्ने हस्पिटलकी बरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्माले बताइन् ।

नर्भिक हस्पिटलको सेवामा सर्वसाधरणको पहुँचलाई बिस्तार गर्ने मुख्य उद्देश्यसहित पहिलो चरणमा नर्भिक आइभिएफबाट भारी छुटसहितको एक महिने बिशेष सर्जरी प्याकेज सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ । यो प्याकेजमा सहभागी हुन चाहने बिरामीले अग्रीम रुपमा नाम दर्ता गराउनुपर्ने अस्पताले जनाएको छ । नाम दर्ताका लागि हस्पिटलको हटलाइन नम्वर ०१–५९७००३२ मा सम्पर्क गर्न सकिनेछ ।

सर्जरी प्याकेजमा सहभागी हुन नाम दर्ता गरेका बिरामीहरुलाई ओपिडी शुल्क निशुल्क गरिएको छ भने एक महिनासम्म चिकित्सक फलोअपमा समेत पैसा लाग्ने छैन ।

विभिन्न कारणले सर्जरीका लागि पालो पर्खिएका वा सर्जरीको योजनामा रहेका बिरामीले डा. शर्मासँग निशुल्क परामर्श गराई आफ्नो सुविधाअनुसार दुरबिन प्रविधिबाट शल्यक्रिया गराउन सक्नेछन् । दुरबिन प्रविधिबाट गरिने अप्रेशन बिरामीका लागि निकै सुविधायुक्त र फाइदाजनक मान्ने गरिन्छ ।

अस्पतालको बसाई कम हुने, घाउ छिटो निको हुने, हर्नियाको जोखिम कम हुने लगायतका फाइदाका कारण पनि ल्याप्रोस्कोपिक सर्जरीमा बिरामीको आर्कषण पछिल्लो समय बढ्दै गएको चिकित्सकहरुको भनाई छ ।

सम्बन्धित

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध