Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

फेसबुक र इन्स्टाग्रामका सञ्चालकले ल्याए ट्विटरजस्तै एप


फेसबुक र इन्स्टाग्रामका सञ्चालकले ल्याए ट्विटरजस्तै एप

नेपालखोज
२०८० असार २१ गते १०:३७

काठमाडौं । फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाले थ्रेड्स् नामको नयाँ एप सञ्चालनमा ल्याएको छ। विज्ञहरूले यो एपले ट्विटरमा आएका पछिल्ला परिवर्तनका कारण बेखुस रहेका प्रयोगकर्ताहरूलाई आकर्षक गर्न सक्ने बताएका छन्।

यो एप हाल नेपाल सहित १०० वटा देशमा डाउनलोडका लागि उपलब्ध छ। तर नियमनको विषयका कारण युरोपियन युनियनका देशहरूमा यो उपलब्ध भइसकेको छैन।

यसमा प्रयोगकर्ताहरूले ५०० अक्षरसम्मका पोस्टहरू गर्न सक्छन् र अरू धेरै विशेषताहरू पनि ट्विटरसँग मिल्दाजुल्दा छन्।

तर प्रतिस्पर्धीहरूले यो एपले सङ्कलन गर्ने डेटाबारे आलोचना गरेका छन्।

मेटाले यो एपलाई ‘सुरुआती संस्करण’ भनेको छ। यसमा मास्टोडन जस्ता अन्य सामाजिक सञ्जाल जस्तै मानिसहरूसँग अन्तर्क्रिया गर्ने सुविधाहरू पनि थप गरिने बताइएको छ।

‘थ्रेड्स्‌बारे हाम्रो लक्ष्य भनेको इन्स्टाग्रामले गरेको सबैभन्दा राम्रो पक्षलाई लिएर त्यसलाई शब्दमा विस्तार गर्नु हो,’ यो कम्पनीले भनेको छ।

इन्स्टाग्रामबाटै खाता खोल्न सकिने

यो छुट्टै एप भए पनि प्रयोगकर्ताहरूले आफूले प्रयोग गरिरहेको इन्स्टाग्राम खाताबाटै यसमा लगइन गर्न सक्नेछन् । यसले खाता खोल्दा उनीहरूले इन्स्ट्राग्राममा प्रयोग गरिरहेकै युजरनेम कायम रहन्छ तर थ्रेड्स्‌का लागि प्रयोगकर्ताहरूले आफ्नो प्रोफाइलमा रहने आफ्नो विवरण परिवर्तन पनि गर्न सक्छन्।

मेटाका अनुसार उनीहरूले इन्स्टाग्राममा फलो गरिरहेको मानिसहरूलाई थ्रेड्स्‌मा कायम राख्ने विकल्प पनि दिइन्छ।

तर ट्विटरका असन्तुष्ट प्रयोगकर्ताहरू मेटाले सञ्चालन गरेको एपमा जान्छन् वा जाँदैनन् त्यो प्रस्ट छैन।

यसअघि मेटाका एक जना कर्मचारीले गत वर्ष यो कम्पनीले सुरक्षा भन्दा मुनाफालाई प्राथमिकतामा राखेको भन्दै आलोचना गरेका थिए।

तेस्रो पक्षलाई प्रयोगकर्ताहरूको विवरण दिएको विषयलाई लिएर यो कम्पनी विवादमा तानिएको थियो।

यही विवादित विगतप्रति लक्षित गर्दै ट्विटरका मालिक इलोन मस्कले व्यङ्ग गरेका छन्। ‘धन्य! राम्रै भयो उनीहरू समझदारीपूर्वक नै कुदिरहेका छन्,’ थ्रेड्स्‌बारे मस्कले ट्विटरबाट जबाफ दिएका छन्।

अहिले पनि ब्लूस्काई र मास्टोडन जस्ता ट्विटरका धेरै विकल्प उपलब्ध छन्।

यद्यपि थ्रेड्स्‌ करोडौँ मानिसहरू यसअघिनै प्रयोगकर्ता रहेको इन्टाग्रामसँग सिधै जोडिएका कारण यसलाई प्रत्यक्ष लाभ छ।

थ्रेड्स्‌ले कसरी काम गर्छ ?

हामीलाई बताइए अनुसार थ्रेड्स्‌मा कुनै पनि पोस्ट दुई वटा एप बीच सहजै सेअर गर्न सकिन्छ र उक्त पोस्टमा लिङ्क, तस्बिर र पाँच मिनेटसम्मको भिडिओ हाल्न सकिन्छ।

प्रयोगकर्ताहरूले आफूले फलो गरेका र एपबाट सिफारिस भएका पोस्टहरू हेर्न पाउँछन् जसलाई मेटाले थ्रेड्स् भनेको छ।

यसमा आफूलाई मेन्सन गर्नेहरू छान्न र पोस्टमा आउने रिप्लाईमा निश्चित शब्दहरू फिल्टर गर्न सकिन्छ।

यसमा ट्विटरमा जस्तै अरू प्रयोगकर्तालाई अनफलो, ब्लक र रिपोर्ट गर्न पनि सकिन्छ। इन्स्टाग्राममा ब्लक भएका खाताहरू थ्रेड्स्‌मा स्वतः ब्लक हुन्छन्।

मेटाले यसको इन्स्टाग्रामसँगको सम्बन्धमा जोड दिइरहँदा सञ्चारमाध्यमहरूमा आएका समाचारहरू यसको ट्विटरसँगको समानतामा केन्द्रित छन्। कतिपयले यो एपलाई “ट्विटरको हत्यारा” पनि भनेका छन्।

मेटाले अन्य उत्पादनबाट आफूले प्रेरणा लिएको बताएको छ यद्यपि अरूले त्यसलाई हार्दिकतासाथ लिएका छैनन्।

ट्विटरसँग मिल्छ ?

फेसबुकले यसअघि ल्याएको स्टोरीको सुविधा स्नापच्याटसँग मिल्छ भने इन्स्टाग्रामको रिल टिकटकसँग।

सामाजिक सञ्जाल परामर्शदाता ब्याटेनहलका प्रमुख कार्यकारी ड्रू बेन्भीले थ्रेड्स् ट्विटरजस्तै देखिएको बताए। यसमा लेख्न सकिने अक्षरहरूको सीमा पनि ट्विटरको जस्तै भएको उनको भनाई छ।

धेरै समीक्षकहरूले ट्विटरमा आएको उतारचढावकै बीचमा यो एप आउनु संयोग नभएको बताएका छन्।

मेटाको थ्रेड्स् एप नि:शुल्क रहेको र त्यसमा जति पनि पोस्ट गर्न पाइने जस्तो देखिएको छ। –BBC

सम्बन्धित

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध