Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

ओझेलमा गाउँका आरनकर्मी, पेसा व्यावसायिक नहुँदा बालीमै चित्त बुझाउँछन्


ओझेलमा गाउँका आरनकर्मी, पेसा व्यावसायिक नहुँदा बालीमै चित्त बुझाउँछन्

ओझेलमा गाउँका आरनकर्मी, पेसा व्यावसायिक नहुँदा बालीमै चित्त बुझाउँछन्

नेपालखोज
२०८० असार १९ गते १५:१०

टाउकोमा टोपी। टोपीबाहिरबाट सेतै फुलेका रौँ देखिन्छन्। हातमा हथौडा लिएर आठ वर्षीय नातीसँगै विभिन्न भाँडाको अविष्कार गर्नु आरन्या बाजेको दैनिकी हो। आरनमा बसेर काम गर्ने भएकाले पनि गाउँमा उहाँलाई सबैले आरन्या बाजेका रूपमा चिन्छन्। तर उनको नाम हो रघे लुवार। ठाटीकाँध गाउँपालिका २ टोम्टाल्ला, दैलेख।

उमेरले ७७ वर्षका पुगे पनि कामका आधारमा लुवार युवाको दर्जामा बस्नुपर्छ। उ्नी आरनमा नबसेको दिन सबै काम ठप्प हुन्छ। यो उमेरमा पनि उनलाई आरनमा बस्न कुनै कष्ट हुँदैन। कष्ट त त्यतिबेला हुन्छ, जब भोकभोकै आगोको रापमा जलेर अन्तिममा बालीमा चित्त बुझाउनुपर्छ।

दिनरात नभनी आरनमा बसे पनि सोचेअनुरुप आरन पेसा व्यावसायिक हुन नसक्दा पेसा नै ओझेलमा पर्दै गएको उ्नी बताउछन्। ‘बिहान भालेको डाकोसँगै जुट्छु,’ उनी भन्छन्, ‘आविष्कारमा जुट्दा शरीरको छाला मात्र पाक्छ। खाने बेलामा एक सुपो बालीमै चित्त बुझाउनुपर्छ।’

लुवार गाउँभरिका भाँडाकुडा बनाउनमै व्यस्त बन्नुहुन्छ। तर, व्यस्तताजस्तो ज्याला भने पाउनुहुन्न। बालीकै भरमा चित्त बुझाउनुपर्छ। देशमा अनेकौं राजनीतिक परिवर्तनपछि नेपालमा सामाजिक चेतनाको स्तरमाथि उक्सिएको बताइए पनि दैलेखको ठाटीकाँध गाउँपालिकामा भने बाली प्रथा कायमै छ।

व्यावसायिक छैन आरन पेसा

ठाटीकाँध गाउँपालिकालगायत जिल्लामा करिब डेढ सय घरपरिवार आरन चलाएर जीवन निर्वाह गर्छन्। दिनरात नभनी आगोको फलाम र जीउ बरोबर सेकाएर विभिन्न भाँडाकुँडा आविष्कार गर्छन्। ज्यालाको सट्टा अन्तिममा बोरा काँधमा बोकेर काम गरेको बाली माग्न घरघर पुग्छन्। ‘पहिले काम गर्यो, अनि त्यसकै बाली उठाउन फेरि घरघर हिन्नुपर्छ,’ लुवार बताउछन्।

आरन पेशा व्यावसायिक हुन नसक्दा परम्परागत पेसा धान्न युवाको रुचि छैन। अधिकांश युवा अहिले परदेश पलायन हुँदैछन्। यता उमेरले डाँडो काटिसकेका लुवार भने अशक्त भई ओछ्यानमा नपुगुन्जेलसम्म आरन पेसा नछोड्ने विचारमा छन्।

युवाको रुचि घट्दो

आरन पेसा गरेर जीवन धान्न मुस्किल हुने भएपछि आरनमा युवापुस्ताको चासो घट्दै गएको छ। युवा जनशक्तिले यसलाई हेयको दृष्टिले हेर्दा र वृद्धवृद्धाले समेत (खलो) श्रमबापत बाली मात्रै पाउँदा यसबाट गतिलो आम्दानी हुन सकेको छैन। त्यसैकारण पनि आरन पेसाप्रति युवाको वितृष्णा जाग्दो छ। खाना, नाना र छाना आफ्नो स्वामित्वमा नहुँदा बुढेसकालमा पनि यही पेसा अँगाल्नुपरेको लुवारकोे गुनासो छ। यद्यपि उनले यही पेसाबाट १०/१२ जनासम्मको पारिवारिक गर्जो टारेका छन् । पेसा–व्यवसाय गर्ने अरू सीप पनि नभएपछि यो पेसाको अर्को विकल्प छैन।

पाँच सय घरधुरीका भाँडाकुँडा

ठाटीकाँध गाउँपालिका १ र २ वडाबाट करिब पाँच सय घरधुरीका भाँडाकुँडा बनाउछन् लुवार। ‘बिहान पाँच बजे उठ्छु,’ उनले आफ्नो दैनिकी सुनाए, ‘एक जनाको १० देखि १२ वटा हँसिया, कोदालालगायत विभिन्न भाँडाकुँडा बनाउँदा १२ बजेको पत्तैै हुँदैन। खाना खान बस्छु खान मन लाग्दैन। फेरि उठेर आरनमा बस्छु।’

आरन पेसा नगर्दा साँझबिहानको गर्जो नटर्ने, गर्दा परिश्रम गरेअनुसारको ज्याला नमिल्ने गरेको दुखेसो पोख्छन्। ‘पहिले बाउबाजेले गर्दै आएका थिए। त्यतिबेला साहुकोमा काम गर्थें। म पन्ध्र-सोह्र वर्षको हुँदा बुवाको मृत्यु भयो। साहुको काम छोडेर बाउबाजेकै पेसा रोजे। अहिले यो पेसा व्यावसायिक नहुँदा युवाले चासो दिँदैनन्।’

कोइला नहुँदा पेसा संकटमा

पछिल्लो समय आरनका लागि आवश्यक पर्ने कोइराला समेत पाउन छाडेपछि यो पेसा नै संकटमा पर्न थालेको छ। कोइलाका लागि आवश्यक पर्ने रुख-वनजंगल पहुँचबाहिर हुँदै गएपछि पेसा संकटमा परेको आरन व्यवसायीहरू बताउँछन्।

कोइरालाको विकल्पमा आधुनिक आरन व्यवस्थापन गरिदिए आफूहरूलाई निकै सहज हुने अर्का आरन व्यवसायी भोटे लुवार बताउछन्। ‘हामी आरन पेसा गरेर जीवन धान्नेका लागि स्थानीय, प्रदेश या संघ सरकारले आधुनिक आरन र यससम्बन्धी सीप उपलब्ध गराए जीवन धान्न सजिलो हुन्थ्यो।’ –INS

सम्बन्धित

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध