Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

एक पटकमा पाँच जनाले रक्तदान गर्न मिल्ने मोबाइल एम्बुलेन्स सञ्चालनमा


एक पटकमा पाँच जनाले रक्तदान गर्न मिल्ने मोबाइल एम्बुलेन्स सञ्चालनमा

एक पटकमा पाँच जनाले रक्तदान गर्न मिल्ने मोबाइल एम्बुलेन्स सञ्चालनमा

नेपालखोज
२०८० असार १८ गते ११:२१

काठमाडौं । रगतको माग दिन प्रतिदिन बढ्दै जाँदा व्यवस्थापन पनि निकै चुनौतीपूर्ण बन्दै गएको छ। बेलाबखत रगतको अभाव भइदिँदा बिरामीका आफन्त रक्तदाता खोज्दै भौँतारिनुपर्ने र कतिको रक्ताभावकधा कारण ज्यानैसमेत जाने अवस्था छ।

रगतको यही माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपल्ट ‘रक्त संकलन मोबाइल एम्बुलेन्स’ ल्याइएको छ। रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्न सकिन्छ।

रोटरी क्लब अफ बुटवलले ल्याएको यो रक्त संकलन एम्बुलेन्स नेपाल रेडक्रस सोसाईटी रुपन्देहीलाई हस्तान्तरण गरिएको छ।  एम्बुलेन्स खरीदमा लागि रेडक्रसले पनि साझेदारी गरेको छ।

रोटरी क्लब अफ बुटवलको सिग्नेचर प्रोजेक्टका रुपमा रहेको यो एम्बुलेन्स ७० लाख रुपैयाँमा भित्र्याइएको क्लबका अध्यक्ष बोनिन पियाले बताए । उनका अनुसार एम्बुलेन्समा बसेर एकपटकमा पाँच जनाले रक्तदान गर्न सक्छन्। ‘अब यसलाई सही ढंगले सञ्चालनमा ल्याएर रगतको माग र आवश्यकतालाई पूरा गर्नुपर्छ। क्लबले यस्ता रचनात्मक काम आगामी दिनमा पनि गर्दै जानेछ,’ उ्नको भनाइ छ।

अध्यक्ष पियाले क्लबले रुपन्देहीमा मात्रै १० करोडभन्दा बढी रकम सामाजिक क्षेत्रमा लगानी गरेको बताउनुभयो।

रगत संकलन गर्न यो एम्बुलेन्स लुम्बिनी प्रदेशका सबै जिल्लामा पुर्याइने नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका अध्यक्ष दीपक क्षेत्री न्यौपानेले बताए । यसको सञ्चालन गर्न कार्यविधी निर्माण गरिने र सोहीअनुसार कार्यान्वयमा लगिने जानकारी दिए ।

क्लबले तीन वर्षअघिदेखि एम्बुलेन्स ल्याउने प्रक्रिया थालेको थियो। तर कोरोना महामारीका कारण परियोजना पछाडि धकेलियो । क्लबका पूर्वअध्यक्ष डिल्लीनारायण श्रेष्ठको पालामा अघि बढेको यो प्रोजेक्टले बोनिन पियाको पालामा मूर्त रूप लिएको हो।

रगत संकलन गर्दै हिँड्ने एम्बुलेन्स बुटवलमा पहिलोपल्ट भित्र्याइएपछि अब रक्तदानमा सहजता हुने अपेक्षा गरिएको छ ।

रक्त एम्बुलेन्समा रक्तदान गर्नेबाहेक रगत चिस्याउने, रगत झिक्ने स्वास्थ्यकर्मी बस्ने व्यवस्थासमेत छ। रगत अभाव भएका बेला गाउँगाउँसम्म रगत संकलन गर्न एम्बुलेन्स निकै उपयोगी हुने विश्वास गरिएको छ। रगत संकलन एम्बुलेन्स ल्याइएपिछ प्रतिकूल मौसममा समेत रगत संकलन गर्न सहज हुने छ।

रक्त संकलन एमबुलेन्स हस्तान्तरण समारोहमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले रगतको माग दिनहुँ बढिरहेका बेला रोटरी क्लबले गरेको यो कार्य निकै सराहनीय रहेको भन्दै प्रशंसा गरे ।

उनले बुटवलवासीका लागि निःशुल्क रगतको व्यवस्था गरिएको र त्यसबाट बिरामीले फाइदा लिइरहेको भन्दै उपमहानगरले शिक्षा र स्वास्थ्यलाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको पनि बताए ।

रोटरी डिस्ट्रिक इन्टरनेसनल ३२९२ का वर्ष २०२३–२४ का डिस्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले रक्त संकलन मोबाइल एम्बुलेन्स ल्याउने प्रक्रियामा विभिन्न रोटरीयनहरुको योगदानलाई भुल्न नहुने भन्दै यसको सफल सञ्चालनका लागि जोड दिन आग्रह गरे । INS

सम्बन्धित

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध