Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

अन्तर्राष्ट्रिय जलरङ कला महोत्सवको घोषणा


अन्तर्राष्ट्रिय जलरङ कला महोत्सवको घोषणा

अन्तर्राष्ट्रिय जलरङ कला महोत्सवको घोषणा

नेपालखोज
२०८० असार १८ गते ८:०९

काठमाडौं । ललितकला क्षेत्रको महत्त्वपूर्ण कार्यक्रम राष्ट्रिय ललितकला प्रदर्शनी सम्पन्न भए लगत्तै नेपालमा विदेशी कलाकारहरूको समेत सहभागितामा तेस्रो ‘अन्तर्राष्ट्रिय जलरङ कला महोत्सव’ आयोजना गर्ने घोणणा गरिएको छ ।

अन्तर्राष्ट्रिय जल रङ समाज नेपालको आयोजनामा आगामी मङ्सिर १६ देखि २० (डिसेम्बर २ देखि ६) गतेसम्म अन्तर्राष्ट्रिय जलरङ कला महोत्सव आयोजना गर्ने आज आयोजकले घोषणा गरेको हो ।

समाजका अध्यक्ष एनबी गुरुङले उक्त महोत्सव घोषणा गर्दै यसमा सहभागिताका लागि स्वदेश र विदेशका कलाकारलाई औपचारिकरूपमा आह्वान गरिएको जानकारी गराए ।

काठमाडौं उपत्यकाको ऐतिहासिक सम्पदा, कला र संस्कृतिलाई थप प्रचारप्रसार एवं नेपाली कलाको विकास गर्ने मूल उद्देश्यका साथ महोत्सव आयोजना गरिने र त्यसमा ४० देशका एक सय ५० भन्दा बढी कलाकारको प्रत्यक्ष उपस्थितिमा तीन सयभन्दा बढी कलाकृति प्रदर्शनी हुने जनाइएको छ ।

महोत्सवअन्तर्गत सामूहिक कला प्रदर्शनी, हनुमानढोका, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, टोखा, बूढानीलकण्ठलगायतका ऐतिहासिक ठाउँमा पुगेर यथास्थान चित्र सिर्जना, कलाको प्रत्यक्ष डेमोस्ट्रेसन तथा कलासम्बन्धी अन्तरक्रिया पनि गरिने समाजका महासचिव दीपेन्द्रमान बनेपालीले बताए ।

यस पटकको प्रदर्शनीको शीर्षक ‘महान प्राचीन सभ्यता काठमाडौं’ राखिएको छ । सहभागी हुने कलाकारले काठमाडौं उपत्यका शीर्षकमा नै चित्रहरू सृजना गरी प्रदर्शनीका लागि पठाउने छन् ।

यसले काठमाडौं उपत्यकाको प्राचीन सभ्यतालाई अझ नजिकबाट नियाल्न सहयोग पुर्याउनुका साथै कला र पर्यटनको राजधानीको रूपमा विश्वमाझ अझ बढी चिनाउन मद्दत पुर्याउने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले बताए ।

कलासँगै पर्यटन भन्ने मूल नाराका साथ स्थापना भएको समाजको उद्देश्यलाई साकार पार्न यो कार्यक्रमले अलिकति भए पनि मद्दत पुर्याउने विश्वास गरिएको अध्यक्ष गुरुङले बताए । यसले स्थापनाकालदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाका महत्त्वपूर्ण कार्यक्रमहरू गर्दै आएको छ ।

संस्थाले सन् २०१६ र २०१८ मा काठमाडौं र घान्द्रुक तथा काठमाडौं र लुम्बिनीमा दुई पटक अन्तर्राष्ट्रिय कला महोत्सव सम्पन्न गरिसकेको छ । गत वर्ष भने पोखरा र घाचोकमा चारदेश (नेपाल, भारत, बङ्गलादेश र इरान) सम्मिलित ‘पोखरा आर्ट क्याम्प’ सम्पन्न गरेको थियोे ।

सम्बन्धित

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध