Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

चलचित्रमा देखिएको समस्या समधान गर्न मन्त्रालय तत्पर छ : मन्त्री शर्मा


चलचित्रमा देखिएको समस्या समधान गर्न मन्त्रालय तत्पर छ : मन्त्री शर्मा

चलचित्रमा देखिएको समस्या समधान गर्न मन्त्रालय तत्पर छ : मन्त्री शर्मा

नेपालखोज
२०८० असार १६ गते २२:०१

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशमा भएका परिवर्तन र उपलब्धिलाई चलचित्रको माध्यमले प्रचार–प्रसार गर्न जरुरी रहेको बताएकी छन् । यहाँ चाबहिलस्थित चलचित्र विकास बोर्डद्वारा आयोजित २३औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले सुन्दरता, संस्कृति र भौगोलिकतालाई चलचित्रमा समेट्न आग्रह गरिन् ।

‘अहिले प्रविधिको प्रयोगले प्रचार गर्नु जरुरी छ । हाम्रो कला र संस्कृतिसँगै देशमा भएका महत्त्वपूर्ण उपलब्धिलाई पनि विषय बनाउनु चलचित्रकर्मीको दायित्व पनि हो’, उनले भनिन्, ‘अन्य माध्यमभन्दा चलचित्र निकै प्रभावकारी छ । यसबाट भन्न र दिन खोजेको सन्देशलाई सजिलै बुझाउन सकिन्छ । त्यसैले हाम्रो यथास्थितिसँगै उपलब्धिसमेत समेट्नुपर्छ ।’

उनले विसं २०२७ मै बनेको ऐनअनुसार चलचित्र क्षेत्र चलिरहँदा प्रविधिको विकाससँगै त्यसलाई फेरबदल गर्न आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘समीक्षा गरौँ, समस्याको पहिचान गरौँ । बोर्डसँगै चलचित्र क्षेत्रसँग जोडिएको सङ्घसंस्थाले हामीलाई मार्ग सुझाउनुहोस्, सरकार तपाईँसँगै छ ।’ उनले नेपाल खुला स्टुडियो भएकाले सुन्दरताको प्रचार–प्रसार चलचित्र र प्रविधिका माध्यमले गर्न आग्रह गरिन् ।

वार्षिकोत्सव समारोहमा ‘कथा बैंक’ अन्तर्गत सात कथानक चलचित्र र छ लघुचलचित्रका लेखकलाई पुरस्कार प्रदान गरिएको थियो । यसका साथै यसै वर्षदेखि सुरु गरिएको लघुचलचित्र प्रतियोगितामा सूर्य शाहीले निर्देशन गरेका ‘व्हिल्स अन द बस’ (प्रथम), मिङ्सो लिम्बूले निर्देशन गरेका ‘जुन्को’ (दोस्रो) र किरण श्रेष्ठ र विभू पौडेलले संयुक्तरूपमा निर्देशन गर्नुभएको ‘एट अनोदर विन्टर’ (तृतीय) पुरस्कार प्रदान गरिएको थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र नीतिसहितको विविध समस्यालाई समधान गर्न आफूहरू प्रक्रियागतरूपमा अगाडि बढिसकेको जानकारी दिए । उनले भने, ‘बोर्डले गरिरहेको कार्य र प्रयासको नतिजा केही समयपश्चात सबै थाहा पाउनुहुनेछ । हामीले नेपाली चलचित्र र चलचित्रकर्मीको हित हुने गरी ऐनमा छलफल गर्नुका साथै स्वदेशी चलचित्रलाई टेवा पुग्ने गरी विविध काम गरिरहेका छौँ ।’

सम्बन्धित

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध