Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

इलेक्ट्रोनिक फोहोर : यो वर्ष ५३० करोड मोबाइल फोन फालिनेछ


इलेक्ट्रोनिक फोहोर : यो वर्ष ५३० करोड मोबाइल फोन फालिनेछ

नेपालखोज
२०८० असार १६ गते ६:४२

मोबाइल फोन आज यति आवश्यक भैसकेको छ कि यसलाई प्रयोग नगर्ने संसारमा सायदै कोही होलान् । यसले एकातिर हाम्रो कामलाई सहज बनाएको छ भने धेरै नयाँ समस्याहरू पनि ल्याएको छ, जसमध्ये एउटा हो – मोबाइल फोनका कारण द्रुत गतिमा बढ्दो विद्युतीय फोहोर । विश्वभर १६ करोडभन्दा बढी मोबाइल फोन प्रयोग भैरहेकामध्ये झण्डै एक तिहाइ अर्थात् ५३० करोड यो वर्ष फोहोरमै फालिने बताइन्छ ।

के तपाईलाई थाहा छ यदि यी सबै खारेज गरिएका मोबाइल फोनलाई एक अर्कोको माथि राखियो भने तिनको कुल उचाइ लगभग ५० हजार किलोमिटर हुनेछ जुन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन भन्दा लगभग १२० गुणा बढी हुनेछ। अर्कातर्फ यदि यसलाई चन्द्रमाको दूरीसँग तुलना गर्ने हो भने यसले यसको लगभग एक-आठौं भाग कभर गर्नेछ।

इन्टरनेशनल वेस्ट इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक इक्विपमेन्ट फोरम (डब्ल्यूईईई)ले सार्वजनिक गरेको प्रतिवेदनमा यो जानकारी दिइएको हो । यो डब्ल्यूईईई ( WEEE ) रिपोर्ट अन्तर्राष्ट्रिय व्यापार डेटामा आधारित छ जसले ई – वेस्टका कारणले हुने बढ्दो वातावरणीय समस्यालाई हाइलाइट गर्दछ।

धेरैले पुराना फोनलाई रिसाइकल गर्नुको सट्टा आफूसँगै राख्ने गरेका कारण यो फोहोर वर्षैपिच्छे बढ्दै गएको पाइएको छ । मोबाइल फोन उपभोक्ताहरूले जम्मा गर्ने साना इलेक्ट्रोनिक उत्पादन मध्ये चौथो स्थानमा छ ।

विद्युतीय फोहोर वर्षैपिच्छे बढ्दै

विश्वभर बढ्दो इलेक्ट्रोनिक फोहोर आफैमा ठूलो समस्या बन्दै गएको छ । समस्या यी इलेक्ट्रोनिक उपकरणको प्रयोगमा होइन हामीले तिनको प्रयोग र व्यवस्थापन गर्ने तरिकाले समस्या सिर्जना गरिरहेको छ । यी इलेक्ट्रोनिक ग्याजेटमा हाम्रो बढ्दो आकर्षण समस्याको अर्को कारण हो ।

तथ्याङ्क अनुसार २०२२ मा उत्पादित सेलफोन, इलेक्ट्रिक टुथब्रस, टोस्टर तथा क्यामेरा आदि जस्ता साना इलेक्ट्रोनिक उपकरणको कुल तौल करिब २४.५ मिलियन टन बराबर छ, जुन गिजाको ग्रेट पिरामिडको झण्डै चार गुणा हो। यी साना इलेक्ट्रोनिक उत्पादनहरूले विश्वभरि कुल इलेक्ट्रोनिक फोहोरको लगभग ८ प्रतिशत योगदान गर्छ ।

डब्ल्यूईईईका अनुसन्धानकर्ताहरूले जारी गरेको अनुमान अनुसार २०२१ मा ५७ मिलियन टनभन्दा बढी इलेक्ट्रोनिक फोहोर उत्पादन भएको थियो। अनुमान गरिएको छ कि बेकार इलेक्ट्रोनिक उपकरणको यो पहाड चीनको ग्रेट वाल भन्दा बढी छ, जुन पृथ्वीमा मानव निर्मित वस्तु हो।

यस अघि २०२० मा जारी ग्लोबल ई-वेस्ट मनिटर प्रतिवेदन अनुसार सन् २०१९ मा करिब ५४ मिलियन मेट्रिक टन इलेक्ट्रोनिक फोहोर उत्पादन भएको थियो। हेर्ने हो भने सन् २०१४ देखि पछिल्ला पाँच वर्षमा यो इलेक्ट्रोनिक फोहोर करिब २१ प्रतिशतले बढेको छ भने २०३० सम्म यो बढेर ७४ मिलियन मेट्रिक टन पुग्ने छ । सन् २०१९ मा विश्वभर विद्युतीय फोहोरको १७.४ प्रतिशत मात्र संकलन र पुन: प्रयोग गरिएको अनुमान गरिएको छ अर्थात् बाँकी ८२ दशमलव ६ प्रतिशत फलाम, तामा, चाँदी, सुनलगायत बहुमूल्य धातुहरू फोहोरमै फालिएको वा जलाइएको छ ।

यस्तो अवस्थामा उक्त फोहोरमा रहेका बहुमूल्य धातुहरू जसलाइ प्रयोग गर्न सकिन्छ, खेर जान्छन् । अर्थात हाम्रा स्रोतसाधनको बर्बादी भैरहेको छ । हामी यी स्रोतहरू पुन: प्रयोग गर्न सक्छौं । यदि २०१९ मा इलेक्ट्रोनिक फोहोरको रिसाइकल नगर्दा भएको नोक्सानीको कुरा गर्ने हो भने यो करिब ४.३ लाख करोड रुपैयाँ बराबर छ जुन विश्वका धेरै देशको जीडीपीभन्दा बढी हो ।

यस सम्बन्धमा युनिटारका प्रमुख डा. रुइडिगर कुहर भन्छन्, ‘यदि हामीले यो समस्यालाई राम्रोसँग व्यवस्थापन गर्न सकेनौं भने, आगामी ३० वर्षमा यो बढ्दो विश्वव्यापी इ–वेस्टको मात्रा दोब्बरले बढेर १० करोड टन पुग्नेछ । संसारका अधिकांस देशमा इलेक्ट्रोनिक्सको खपत द्रुत रूपमा बढिरहेको छ। बढ्दो ई-वेष्टमा थप र अधिक ग्याजेट र इलेक्ट्रोनिक उत्पादनहरू पनि थपिरहेका छन्।

सम्बन्धित

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध