Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार शेर्पा र मगरलाई प्रदान गरिने


मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार शेर्पा र मगरलाई प्रदान गरिने

मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार शेर्पा र मगरलाई प्रदान गरिने

नेपालखोज
२०८० असार १३ गते ८:४८

काठमाडौं । मदन भण्डारी फाउन्डेसनद्वारा मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार यस वर्ष सोलुखुम्बु सोलु दूधकुण्ड नगरपालिका–४, फाप्लुका डा. मिङमार गेल्जेन शेर्पा र हेटौँडा उपमहानगरपालिका–४ प्रतिभानगर, मकवानपुरकी निरुकुमारी मगरलाई प्रदान गरिने भएको छ ।

फाउन्डेसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सोबारेमा जानकारी गराएको हो । डा. शेर्पाले विगत ४५ वर्षदेखि स्वास्थ्य सेवाको क्षेत्रमा संलग्न रही देशका दुर्गम स्थानका गरिब, असहाय तथा सेवाको पहुँचबाट वञ्चित रहेको समुदायलाई आफ्नो सेवाको अधिकांश समय विशेषतः मातृ मृत्युदर घटाउन, आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच उपलब्ध गराउन, ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम, दुर्गम जिल्लामा टेलिमेडिसिन सेवालगायतमा महत्त्वपूर्ण नेतृत्व गरेको जनाइएको छ ।

यसैगरी मगरले विगत ३१ वर्षदेखि खेलकुद विकासको विविध विधा र क्षेत्रमा संलग्न रही, कठिन पारिवारिक, आर्थिक, सामाजिक परिवेशका बाबजुद, आफ्नै प्रयत्नका आधारमा खेलप्रति लगनशील र निरन्तर समर्पित रहेर समाजमा विद्यमान खेलप्रतिको बुझाइ र महिला खेलाडीप्रतिको दृष्टिकोण परिवर्तन गर्न स्थानीय, प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सफलताको मानक कायम गरी नयाँ पिँढीलाई प्रेरणाको स्रोतको रूपमा पहिचान बनाउँदै आएको आजको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

फाउन्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेका अनुसार नेपाली भूमिमा रहेर नयाँ र लाभदायी स्वास्थ्य सेवा तथा खेलकुदका क्षेत्रमा उल्लेख्य योगदान प्रदान गर्ने व्यक्तिलाई पुरस्कार प्रदान गरिन लागेको जानकारी दिए । उनका अनुसार पुरस्कृत हुने उनीहरूलाई यही असार १४ गते मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रमका बीच जनही रु एक लाख नगदसहितको सम्मानपत्र प्रदान गरी पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा नयाँ वैचारिक र राजनीतिक दर्शनका क्षेत्रमा जननेता मदन भण्डारीका योगदानको स्मरण गर्दै उनको व्यक्तित्वलाई सम्मान गर्न र उहाँको विचार र मार्गदर्शनलाई जीवन्त बनाइराख्न सामाजिक, आर्थिक, राजनीतिक तथा सामाजिक रूपान्तरणलगायतका क्षेत्रमा महत्त्वपूर्ण काम गरेकाे व्यक्तित्वलाई सामाजिक पहिचान र राष्ट्रिय गौरवका रूपमा प्रस्तुत गर्न प्रत्येक वर्ष मदन भण्डारी फाउण्डेशनले विसं २०६८ देखि मदन भण्डारी राष्ट्रिय पुरस्कार तथा विसं २०७८ देखि अध्ययन, अनुसन्धान र नवप्रवर्तनका साथै समाज रूपान्तरण र विकासमा महत्त्वपूर्ण नेतृत्वदायी भूमिका खेल्नुहुने व्यक्ति वा संस्थालाई मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुुरस्कार प्रदान गर्दै आएको जनाइएको छ ।

जननेता मदन भण्डारीको जन्मजयन्ती असार १४ गतेको अवसरमा फाउन्डेसनले विविध कार्यक्रम गर्दैआएको जनाएको छ । विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका जननेता भण्डारीको विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा कार दुर्घटनामा परी निधन भएको थियो ।

सम्बन्धित

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध