Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

राजनीतिक आडमा ठगी गर्ने जुठे राउत पक्राउ 


राजनीतिक आडमा ठगी गर्ने जुठे राउत पक्राउ 

राजनीतिक आडमा ठगी गर्ने जुठे राउत पक्राउ 

नेपालखोज
२०८० असार १२ गते १८:३५

काठमाडाैं । विभिन्न व्यक्तिहरूलाई क्यानडा पठाउँछु भन्दै ठगी गरेको आरोपमा जुठे राउतलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । 

रोजगारीको सिलसिलामा क्यानडा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पारी करोडौँ रकम ठगी गरेको अभियोग पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए । 

सोही उजुरीको आधारमा विभागले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं ०८ घरभई काठमाडौँ शान्तिटोल बस्ने ३७ वर्षीय जुठे राउतलाई पक्राउ गरी उपस्थित गराउन प्रहरीलाई पत्राचार गरेको थियो । सोही आधारमा पक्राउ परेका राउत अहिले प्रहरी वृत्त बानेश्वरको हिरासतमा छन् ।

पक्राउ परेका राउतलाई अदालतबाट म्यादथप गरी वैदेशिक रोजगार विभागले अनुसन्धान गरिरहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य अभियुक्तको रुपमा रहेका टोपबहादुर रायमाझीसँग राउतको बाक्लो हिमचिम भएको साथै उनको संरक्षणकै कारण ठग्दै हिड्ने गरेको पीडितहरूको अरोप छ । 

पीडितहरूलाई रायमाझीसँग विभिन्न समयमा विभिन्न ठाउँमा खिचेका फोटोहरू देखाएर राउतले आफ्नो राजनीतिक पहुँच भएको हुनाले विदेश पठाउनको लागि कुनै समस्या नहुने बिताउदै विश्वास दिलाउने गरेका थिए । 

त्यस्तै पीडितमध्येका एक हुन् पोखराका बसन्त रानाभाट । उनलाई सुरुमा अमेरिका पठाइदिन्छु भन्दै राउतले रकम लिएका थिए । अमेरिकाको सपना देखाएर बसन्तसँग मात्रै १० लाख रुपैयाँसम्म ठगी गरेका जुठे राउतले अमेरिका पठाउन केही समय लाग्ने भन्दै सुरुमा क्यानडा जानुपर्ने बताएका थिए । नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान रानाभाट मञ्जुर नभएपछि क्यानाडा पठाउने आश्वासन दिएर जुठेले उनीसँग रकम असुलेका थिए ।

क्यानडा पठाउँछु भनेको लामो समय बितिसके पनि उनले पठाउने कुनै प्रक्रिया अपनाएका थिएनन् । विभिन्न राजनीतिक नेताहरूको शक्तिका आडमा राउतले वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम ठगी गर्ने गरेका थिए ।

राउतको विरुद्धमा उजुरी दिन अहिले पीडितहरू वैदेशिक रोगजार विभागको कार्यालयमा आउन थालेका छन् । यसरी विदेश पठाउने नाममा ठगी गर्ने गरेको समाचार सुनेपछि पीडितहरू वैदेशिक रोजगार विभागमा उजुरी दिन आएका हुन् । – INS

सम्बन्धित

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध