Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

बालविवाह न्युनिकरण परियोजनाको संयुक्त अनुगमन


बालविवाह न्युनिकरण परियोजनाको संयुक्त अनुगमन

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकामा संचालित बालविवाह न्युनिकरण परियोजनाको बुधबार संयुक्त अनुगमन गरिएको छ ।

शहीदनगर नगरपालिकाका प्रमुख दिनेश प्रसाद यादवको नेतृत्वमा परियोजना अन्तर्गत संचालित कार्यक्रमको संयुक्त अनुगमन गरिएको हो ।

विद्यालय बाहिर रहेका बालिका, किशोरीहरुलाई पुनः विद्यालय भर्ना गराउन सफल भएको छ, नगर प्रमुख यादवले भने-तीनै तहको सरकार पुग्न नसकेको क्षेत्रमा गैरसरकारी संस्थाको आँखा पुगेको छ । पालिकाका किशोरी र बालिकाहरुलाई विद्यालय भर्ना गराएर शिक्षाको प्रकाश दिन लागेको हो । ग्रामीण क्षेत्रमा केही दिन विद्यालय जाने र पछि पढाइ छाड्दा शिक्षामा पालिका मात्रै होइन, प्रदेश नै कमजोर रहेको उनले बताए ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले शहीदनगर नगरपालिकासहित जिल्लाको पाँच पालिकामा बालविवाह न्युनिकरण परियोजना संचालन गरेको छ । शहीदनगर नगरपालिका-१ कुम्भकणर्स्थित श्रीजनता माविमा उक्त परियोजना अन्तर्गत गरिएको सहयोगबारे आसमान नेपालका महेश यादवले जानकारी गराएका थिए । विद्यालयमा सरसफाई, महिनावारी स्वच्छता व्यवस्थापन, हिंसा तथा विभेदको न्युनिकरणको लागि विभिन्न सामग्रीसहित अभिमुखिकरण कार्यक्रमहरु गरिएको हो ।

विद्यालयमा स्वच्छता तथा सरसफाईको लागि विभिन्न सामग्रीहरु आसमान नेपालले उपलब्ध गराएको विद्यालयका प्रअ मोहन यादवले बताए ।

शिक्षा क्षेत्रमा सुधारको लागि सबै पक्षको सहयोग आवश्यक रहेको शहीदनगर नगरपालिकाका उपप्रमुख सुनिता सिंहले बताइन् । पालिकाको शिक्षा स्तर सुधार्नमा गरेको योगदानको प्रशंसा गर्दै आसमान नेपालप्रति आभार पनि प्रटक गरिन् । शिक्षा क्षेत्रको विकास बिना अन्य क्षेत्रको विकास सम्भव नरहेकोले यसलाई प्राथमिकतामा राखेर अघि बढनुपर्छ । तीनै तहको सरकारले शिक्षालाई प्राथमिकतामा राख्नुको विकल्प नरहेको उनले भनिन् । विद्यालय जान छाडेकी किशोरीलाई पुनः विद्यालयमा ल्याएर आसमान नेपालले गुण लगाएको जिकिर गर्दै उनीहरुलाई विद्यालयमा टिकाउने चुनौती रहेको बताइन् । नियमित विद्यालय आउन आग्रह गर्दै उनले विद्यालयका प्रअलाई पनि शैक्षिक वातावरण कायम गर्नको लागि निर्देशन दिए ।

बालिकाहरुलाई पनि सहज वातावरण दिएर शैक्षिक सुधारमा लाग्नुपर्ने पर्ने धारणा उनको थियो ।

सो अवसरमा शहीदनगर नगरपालिका-१ का वडाध्यक्ष तेजीलाल यादवले शिक्षा क्षेत्र सुधारको लागि गरेको सहयोगको लागि आसमान नेपालप्रति आभार व्यक्त गरे । बालबालिकालाई विद्यालय आउनको लागि आग्रह गर्दै वडाध्यक्ष यादवले सबैलाई आ आप्mनो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा शहीदनगर नगरपालिकाका शिक्षा संयोजक विश्वनाथ यादवले शिक्षा क्षेत्रमा सुधारको लागि पालिकाले पनि निरन्तर अघि बढिरहेको बताए । यस कार्यमा आसमान नेपालले गरेको सहयोगले आपूmहरुलाई अघि बढ्न प्रेरित गरेको उनले बताए ।

संयुक्त अनुगमनको क्रममा धवौली टोलको विद्यालयमा पनि टोली पुगेको थियो । बालबालिकाहरुमा पनि गुणस्तरीय सुधार देखिएको हो । किशोरीहरु बालविवाह विरुद्ध सचेत हुँदै गाउँमा सडक नाटकमार्पmत जनचेतना जगाउने भएका छन् । अनुगमन टोलीमा संचारकर्मी, शिक्षक लगायत आसमान नेपालका दिलिप यादव, रितु तिवारी, संजिव सिंह, सोनाली चित्रांश, सविता साह लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध