Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

संसदमा उपेन्द्र यादवको उपस्थिति अपरिहार्यः अध्यक्ष नेपाल


संसदमा उपेन्द्र यादवको उपस्थिति अपरिहार्यः अध्यक्ष नेपाल

कलैया । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा २ लाई मात्रै नभएर सिङ्गो देशलाई नै उपेन्द्र यादवको नेतृत्व आवश्यक रहेको बताएका छन् ।

देश र संसदलाई चाहिएको नेतालाई अत्यधिक मत दिएर विजयी गराई पठाउन बारा २ का मतदातासँग आग्रह गर्दै एसका अध्यक्ष नेपालले जसपा अध्यक्ष उपेन्द्र यादवको जित निश्चित भएको बताएका हुन् ।

नेपाली राजनीतिक परिवर्तनका लागि महत्त्वपूर्ण मानिएको संघीय लोकतान्त्रिक गणतन्त्रका लागि मधेश विद्रोहको स्थान उच्च रहनेभन्दै नेपालले मधेश विद्रोह र पहिचान, संघीयता आन्दोलनलाई संस्थागत गर्न र परिवर्तन सहितको एजेण्डाले देश र प्रदेशहरुको समयानुकूल विकास गर्न जसपा अध्यक्ष यादवको संसदमा उपस्थिति अपरिहार्य रहेको जिकिर गरे ।

बारा २ मा सत्ता गठबन्धनका उम्मेदवार समेत रहेका जसपा अध्यक्ष यादवको पक्षमा माहोल बनाउन नेपाल बुधबार बाराको गौर आएका थिए ।

बारा २ को चुनावी मैदानमा रहेका यादवलाई भेटेपछि नेपालले गठबन्धनको जित सुनिश्चित रहेको दावीसमेत गरे ।

गठबन्धनका दलहरूलाई एकमत भएर आफ्ना उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्दै अध्यक्ष नेपालले भने – ‘हल्ला गर्नेका पछिलाग्ने होइन, जनताको लागि लड्ने र अधिकर दिलाउने नेतालाई विजयी गराउनुपर्छ ।‘

अध्यक्ष नेपालले बुधबार नै मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवसँग पनि भेट गरेका थिए । भेटका क्रममा मधेश सरकारका गतिविधि बारे छलफल भएको बताइएको छ ।

सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार समेत रहेका जसपा अध्यक्ष यादवले गएको सोमबार बारा–२ बाट उम्मेदवारी दिएका थिए ।

अध्यक्ष यादवलाई नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा(एस) र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालको समर्थन छ ।

अध्यक्ष यादवले चुनावी अभियानलाई अघि बढाउँदै कार्यकर्ता भेटघाट लगायतको कार्यक्रम थालेका छन् । बारा–२ सहित देशका तीन निर्वाचन क्षेत्रमा आगामी बैशाख १० मा उपचुनाव हुन लागेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध