Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

मधेश प्रदेश सरकारबाट ‘एमाले’ आउट


मधेश प्रदेश सरकारबाट ‘एमाले’ आउट

जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरुले मंगलबार राजीनामा दिएका छन् । उनीहरुको राजीनामा मुख्यमन्त्री सरोजकुमार यादवले स्वीकृत गरेका छन् ।

मंगलबार दिउँसो नेकपा एमालेका मन्त्रीहरुले सामूहिक रुपमै मुख्यमन्त्री यादवलाई राजीनामा पत्र बुझाएका थिए । मधेश प्रदेश सरकारमा एमालेका चार मन्त्री र एक राज्यमन्त्रीसहित पाँच जना सहभागी थिए । भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राजकुमार लेखी, गृह तथा संचारमन्त्री सत्रुधन प्रसाद सिंह, महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्री मो. जैद आलम र गृह तथा संचार राज्यमन्त्री केशव रायले संयुक्त रुपमा राजीनामा बुझाएका हुन् ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मधेश प्रदेश सरकारबाट पनि नेकपा (एमाले) बाहिरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भएपछि एमालेका मन्त्रीहरुले राजीनामा बुझाएको बताए । “केन्द्रमा सत्ता समीकरण बदलिएलगत्तै एमालेका मन्त्रीहरुले राजीनामा दिनेबारे परामर्श गर्नुभएको थियो तर त्यसबेला मैले नै पर्खिन भनेको थिएँ”, मुख्यमन्त्री यादवले भने, “केन्द्रमा गठबन्धन दलको निर्णय र विकसित राजनीतिक अवस्थाका कारण उहाँहरुले नैतिकताका आधारमा राजीनामा बुझाउनुभएको हो ।” बाँकी प्रक्रिया नयाँ गठबन्धन दलको सहमतिमा हुने उनको भनाइ छ । मुख्यमन्त्री यादवले बारा निर्वाचन क्षेत्र नं २ को निर्वाचनपछि नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सहित सरकार विस्तार हुने विश्वास व्यक्त गरे ।

नेकपा एमालेका नेता एवं निवर्तमान कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राजकुमार लेखीले केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि आफूहरुले नैतिकताका आधारमा राजीनामा दिएको बताए । राजीनामा बुझाइसकेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले मुख्यमन्त्रीको सहजताका लागि आफूहरु सरकारबाट बाहिरएको तर समर्थन फिर्ता लिने वा कायम राख्ने भन्ने विषयमा अहिले निर्णय नभइसकेको बताए ।

बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवविरुद्ध एमालेले उम्मेदवारी दिएपछि एमालेका मन्त्रीहरुले राजीनामा दिएका हुन् । उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि जसपा अध्यक्ष यादवविरुद्ध नेकपा एमालेका पुरुषोत्तम पौडेलले उम्मेदवारी दिएका छन् ।

मुख्यमन्त्री यादवलाई थप जिम्मेवारी

जनकपुरधाम । प्रदेश प्रमुख हरिशंकर मिश्रले रिक्त रहेका मन्त्रालयहरुको कार्यभार मुख्यमन्त्री सरोज कुमार यादवले सम्हाल्ने गरी तोकेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो ।

नेकपा एमालेका चार जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएपछि मन्त्रालय रिक्त भएको थियो ।

कांगे्रस, नेकपा एस र लोसपा सरकारमा जाने तयारीमा

जनकपुरधाम । नेकपा एमालेले मंगलबार मधेश सरकार छाडेसंगै नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुने तयारीमा छन् । उनीहरुले मुख्यमन्त्रीको निर्णय र आफ्नो दलको केन्द्रीय नेताको निर्देशक पर्खेर बसेका छन् ।

मधेश प्रदेशसभामा २२ सांसदसहित दास्रो ठूलो दल रहेको कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले केन्द्रबाट संकेत पाउने बित्तिकै मधेश सरकारमा सहभागी हुने बताए । ‘मधेशमा पनि गठबन्धन सरकार छ । गठबन्धनको निर्णय के हुन्छ केन्द्रमा, केन्द्रबाट म्याण्डेट मिलेपछि हामी छलफल गरेर कहाँ के कसरी एडजस्टमेन्ट गर्न सकिन्छ भनेर निर्णय गर्छौ । सरकारमा सहभागी हुन्छौं’, उनले भने ।

त्यस्तै ९ सांसदसहित चौथो दलको हैसियतमा रहेको लोसपा पनि सरकारमा जान तत्पर छ । लोसपा सांसद उपेन्द्र महतो एमालेको बहिर्गमन भएपछि सरकारमा लोसपासहित तीन दलक सहभागी हुने बताए ।

७ सांसदसहित पाँचौ दलको हैसियतमा रहेको एकीकृत समाजवादी पनि सरकारमा जान तयार रहेको उसका सांसद रत्नेश्वर गोइतले बताए ।

यी सबै दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका छन् । एमालेका मन्त्रीहरुले मंगलबार सरकार छाडेपनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छैनन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध