Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

चुरे अभियानी सुनिलले तोडे आमरण अनसन


चुरे अभियानी सुनिलले तोडे आमरण अनसन

जनकपुरधाम । भुमिहीन दलित, सुकुम्बासीहरुको भुमि अधिकारका निम्ति र चुरे वन जंगल संरक्षण सम्बद्र्धनसहितको माग लिएर शुक्रबार दिउँसोदेखि आमरण अनसनमा बसेका सुनिल यादवले शनिबार बिहान अनसन तोडेका छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले शनिबार बिहान उनलाई जुस खुवाएर अनसन तोड्न लगाएका हुन् ।

मुख्यमन्त्री यादवले एक साताभित्र एक समिति गठन गरेर प्रदेश सरकारले सक्ने जति गर्ने तथा केन्द्र सरकारसँग सरोकार रहेको विषयमा केन्द्र सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले आपूm भूमिहीन सुकुम्बासीहरुको लागि पनि दलित आवास योजना अगाडि बढाउँदै लागू गर्ने विश्वास पनि दिलाए ।

चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादव हिजो दिउँसो ४ बजेदेखि विभिन्न ६ बुँदे मागसहित जनकपुरधामको जनकचोकमा आमरण अनशनमा बसेका थिए ।

मुख्यमन्त्रीजीलाई म चिन्दछु, उहाँ जे बोल्नुहुन्छ । त्यो गर्नुहुन्छ । हामीलाई उहाँको वचनमा विश्वास छ–अनसनकारी यादवले भने ।

उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादवले वनसित सम्बन्धित विषयहरु सम्बोधन गर्नको लागि कुनै कसर नराख्ने बताइन् ।

अनसन स्थल पुग्नुभएका धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले केन्द्र सरकारबाट सम्बोधन हुने विषयहरु बारे आपूmले पनि पहल अघि बढाउने जानकारी दिइन् ।

कतिपय कुरामा कानून बन्नुपर्ने अवस्था रहेको बताउँदै प्रजिअ दाहालले अन्य विषयमा पनि छलफल गरेर सकारात्मक रुपमा अघि बढ्नको लागि उनीहरुलाई आग्रह गरेका थिए ।

तीनवटै तहमहध्ये कुनै तहको सरकारले अहिलेसम्म आफूहरुको मागप्रति चासो नदेखाउँदा बाध्य भएर आमरण अनशनमा बस्नुपरेको संयोजक यादवले बताए ।

यसअघि भूमिहिन तथा सुकुम्वासीहरु जनआवाज आन्दोलन सुरु गर्दै गत फागुन ११ गतेदेखि धर्नामा बस्दै आएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध