Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

बालविवाह विरुद्ध साझा, संयुक्त र एकीकृत प्रयासको आवश्यक्ता


बालविवाह विरुद्ध साझा, संयुक्त र एकीकृत प्रयासको आवश्यक्ता

जनकपुरधाम । मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष नाथु प्रसाद चौधरीले बालविवाह अन्त्य गर्नको लागि साझा, संयुक्त र एकीकृत प्रयासको आवश्यक्ता औंल्याएका छन् ।

युएनएफपीएको सहयोग तथा महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालयको समन्वयमा लाइफ नेपालले बुधबार जनकपुरधाममा आयोजना गरेको बालविवाह अन्त्यका लागि राष्ट्रिय÷प्रदेश रणनीति र कार्ययोजना साथै कानूनी प्रावधान सम्बन्धमा प्रदेशस्तरीय अभिमुखिकरणमा बोल्दै उपाध्यक्ष चौधरीले मधेश प्रदेशमा बढ्दो बालविवाहप्रति चिन्ता समेत व्यक्त गरे । उनले अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा जनचेतनाको अभाव र सांस्कृतिक सोच परिवर्तनको आवश्यक्ता औंल्याए ।

बालविवाह विरुद्धको अभियानलाई थप प्रभावकारी रुपले अघि बढाए मात्र सरकारी लक्ष्य पूरा हुने तर्क उनले गरे । नेपाल सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य राखेको छ । तर, हालसम्मको प्रगतिले आगामी ७ वर्षभित्र लक्ष्य भेटाउन मुस्किल हुन्छ, उनले भने–यसको लागि बालविवाह विरुद्धको कार्यक्रमहरु प्रभावकारी तरिकाले कार्यान्वयन हुनुपर्छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका तथ्यांक अनुसार आर्थिक वर्ष २०७६।०७७ मा ९ वटा बालविवाह सम्बन्धि मुद्दा दर्ता भएको छ भने २०७७।०७८ मा यो बढेर ११ पुगेको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ११ वटा बालविवाह सम्बन्धि मुद्दा दर्ता भएको छ । सप्तरी जिल्लामा सबैभन्दा बढी तीन वटा यस प्रकारको मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकले देखाएको छ । शैक्षिक गुणस्तर र दलित शिक्षा अभियान संचालन गरेर बालविवाह विरुद्धको अभियानलाई अघि बढाउनुपर्ने धारणा चौधरीको थियो ।

लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालयका उपसचिव देवकुमारी खत्रीले मधेश प्रदेशमा आगामी सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य लिएर अघि बढेको बताइन् । बालविवाह विरुद्धको कानून ल्याउनमा भइरहेको ढिलाईबारे जानकारी दिदै उनले भनिन–सरकार अस्थिर हुँदा समस्या भएको हो । हालसम्म मधेश प्रदेशको एक पालिका बालविवाह मुक्त पालिका घोषणा भएको उनले जानकारी दिइन् । सप्तरीको सुरुङा नगरपालिका बालविवाह मुक्त पालिका घोषणा भइसकेको छ, उनले भनिन–अन्य पालिकाहरु घोषणाको तयारीमा रहेको छ ।

सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बाल संरक्षण तथा विकास शाखाका प्रमुख कृष्ण थापाले बालविवाहको वर्तमान अवस्था, कानूनी व्यवस्था र चुनौती एवम् भावी कार्यदिशाबारे प्रस्तुतिकरण गरेका थिए । प्रस्तुतिकरणमा सहभागीहरुले टिप्पणी गरेका थिए । कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका संजिव योन्जन, ओरेक नेपालकी उर्मिला निरौला, प्लान इन्टरनेशनल नेपालकी मन्दिरा न्यौपाने, झम्केश्वर ओझा, हेमन्त कुमार झा, निलहिरा समाज धनुषाका प्रदिप कुमार यादव, आसमान नेपालकी रितु तिवारी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध