Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

मुख्यमन्त्री पुनः आकस्मिक अनुगमनमा


मुख्यमन्त्री पुनः आकस्मिक अनुगमनमा

लापरबाही सह्य हुँदैनः मुख्यमन्त्री यादव

जनकपुरधाम । मुख्यमन्त्री सरोज कुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधामको सेवा प्रवाह प्रभावकारी बनाउने कार्यमा बाधक हुने जो कोहीलाई कारबाही हुने चेतावनी दिएका छन् ।

उनले मंगलबार राति जनकपुरधाम प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन गर्ने क्रममा यस्तो चेतावनी दिएका हुन् । अस्पतालको ल्याबमा कार्यालय सहयोगीले जाँच गरेको खबर आएदेखि मुख्यमन्त्री यादवले प्रादेशिक अस्पतालको सेवा प्रवाह सुधार गर्न अग्रसरता एवम् तदारुकता देखाएका हुन् ।

उनले मंगलबार राति ११ बजेतिर प्रादेशिक अस्पताल जनकपुरधामको आकस्मिक लगायत अन्य कक्षको अनुगमन गरे । अनुगमनको क्रममा ड्युटीमा रहेका चिकित्सक र कर्मचारीहरुलाई बिरामीको उपचारमा कुनै पनि प्रकारको लापरबाही सह्य नहुने बताउँदै सेवा प्रवाहमा तदारुकता देखाउन निर्देशन दिए ।

यसअघि मुख्यमन्त्री यादवले प्रादेशिक अस्पताल जनकपुरधामको अनुगमन गर्ने क्रममा अनुपस्थित रहेका निर्देशक डा. प्रमोद कुमार यादवलाई कारबाही गरिसकेका छन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा अघिल्लो समय सेवा प्रवाहमा लापरबाही भएको जनगुनासो बढ्दै गएपछि मुख्यमन्त्री यादवले सेवा सुधारतर्पm पहल गरेका हुन् ।

रेफर हाँस्पिटलको ट्याग हटाएर प्रादेशिक अस्पताल जनकपुरधाममा प्रभावकारी सेवा सुलभ तरिकाले उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्री यादवले भने–अस्पतालमा लापरबाहीको ठाउँ छैन् ।

चिकित्सकले लापरबाही गरे बिरामी कहाँ जान्छ, उनले भने–डाक्टर भगवानको रुप हो भने व्यवहारमा उतारेर देखाउनुपर्छ । काम गर्न नचाह्ने डाक्टरसाबहरु अन्यत्र जान सक्नुहुन्छ, उनले भने–सरकारी सेवा सुविधा लिने डाक्टर साबहरुले काम पनि सरकारकै गर्नुपर्छ ।

प्रादेशिक अस्पतालले गुमाएको साख जोगाउनको लागि डाक्टरसहित अन्य कर्मचारीहरु पनि प्रतिबद्ध भएर काम गर्नुपर्छ, मुख्यमन्त्री यादवले भने । जनकपुर अंचल अस्पतालबाट प्रादेशिक अस्पताल हुँदै हाल नाम नफेरिएपनि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतमा छ । प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, रेक्टर डा. अंकुर साह र रजिष्टार डा. बिनोद यादवले हाल प्रादेशिक अस्पताल जनकपुरधामको व्यवस्थापन पक्ष हेर्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध