Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

मेयर कप–२०७९ क्रिकेट प्रतियोगिता चैत २३ देखि


मेयर कप–२०७९ क्रिकेट प्रतियोगिता चैत २३ देखि

जनकपुरधाम । यही चैत २३ गतेदेखि जनकपुरधाममा मेयर कप–२०७९ क्रिकेट प्रतियोगिता हुने भएको छ ।

‘अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि खेलकुद’ मूल नाराकासाथ प्रदेश स्तरीय ‘जनकपुरधाम मेयर कप–२०७९’ क्रिकेट प्रतियोगिताको आयोजना हुन लागेको हो ।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा मधेश प्रदेशका आठवटै जिल्लाबाट एक÷एक गरि ८ र कोशी, बागमती, गण्डकी तथा लुम्बिनीबाट एक÷एक गरी कुल १२ वटा टिमहरूको सहभागिता रहने छ ।

प्रतियोगिता जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ रजौलस्थित प्रस्तावित श्रीरामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा आयोजना हुने मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा नगरप्रमुख मनोजकुमार साहले यस ‘जनकपुरधाम मेयर कप–२०७९’लाई आफूहरूले जनकपुरधाममा अन्तर्राष्ट्रिय खेल मैदान (रंगशाला) निर्माणको एक भर्याङको रुपमा लिएको बताए ।

आयोजना हुन लागेको प्रतियोगितामा धनुषा र महोतरीका मेयर तथा सांसद विरुद्व पत्रकारहरुको मैत्रीपुर्ण खेलको समेत आयोजना हुने जनकपुरधामका मेयर साहले बताए ।

धनुषा जिल्ला क्रिकेट संघको समन्वय र फ्याक्ट नेपालको सहकार्यमा आयोजना हुन लागेको यस प्रतियोगितामा कुल ३७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको नगरप्रमुख साहले जानकारी दिए ।

लिग चरणमा खेलाइने कुल १० वटा खेलहरू दैनिक एउटा÷एउटा गरि १० दिनसम्म आयोजना हुनेछन् । चैत २३ गते विश्व खेल दिवस परेकाले सोहि अवसरमा प्रतियोगिताको समुद्घाटन गरिने बताइएको छ ।

जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकन्त पाण्डे(गुड्डु)ले प्रतियोगितामा सहभागि हुन कुनै शुल्क नलाग्ने जानकारी दिए । उनले विजेता टिमलाई २ लाख ५१ हजार र उपविजेतालाई १ लाख ५१ हजार पुरस्कारसहित ट्रफीसमेत प्रदान गरिने बताए ।

म्यान अफ दि सिरिजले २५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार र म्यान अफ दि म्याचले ३ हजार नगद पुरस्कार पाउने छन् ।

पत्रकार सम्मेलनमा जनकपुरधामका विभिन्न वडाका वडाध्यक्ष, धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष शोभाकन्त पाण्डे(गुड्डु), क्रिकेट प्रशिक्षक नविन सिंह, खेलप्रेमीहरू आशिष झा, सरोज मिश्र सहितकाहरूको उपस्थिति थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध