Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

उपराष्ट्रपति यादवलाई गृहजिल्लामा मुख्यमन्त्रीको स्वागत


उपराष्ट्रपति यादवलाई गृहजिल्लामा मुख्यमन्त्रीको स्वागत

कलैया । उपराष्ट्रपति रामसहाय यादव आइतबार गृहजिल्ला बारा आइपुगेका छन् । उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादव पहिलोपटक गृहजिल्ला पुगेका हुन् ।

आइतबार यादवलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहित बारा र पर्साका सांसद, सुरक्षा अधिकारीहरुले स्वागत गरेका थिए । सो अवसरमा पूर्वमन्त्री ज्वाला साह, पूर्व सांसद रामबाबु कुमार यादव, पूर्व प्रदेशसभा सदस्य पारस साह लगायतले सिमरा विमानस्थलमा उपराष्ट्रपति यादवलाई स्वागत गरेका थिए ।

उपराष्ट्रपति यादव विमानस्थलबाट बाराको बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई दर्शन गर्न पुगेका छन् । गढीमाईस्थित सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले आफूले जिल्ला र क्षेत्रलाई चिनाउने बताएका थिए ।

‘सबैप्रति म अभारी छु । सरकारले देश र जिल्लाको विकास निर्माणसँगै बारा जिल्लाका ऐतिहासिक सिम्रौनगढ र गढीमाईलगायतको विकास गरोस्,’ उनले भनेका छन् ।

यस क्रममा उनले आफू साधारण परिवारको भए पनि क्षेत्र र जिल्लावासीले चिनाएपछि देशको उपराष्ट्रपति पदमा पुगेको बताए ।

गढीमाई शक्तिपीठ बारा निर्वाचन क्षेत्र नं २ को केन्द्र महागढीमाई नगरपालिकाको बरियारमा पर्छ, जहाँबाट यादव गत मंसिरको प्रतिनिधिसभामा निर्वाचित भएका थिए । साथै चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । ग्रामीण क्षेत्र भ्रमणको क्रममा यादवले ऐतिहासिक अन्य शक्तिपीठको दर्शन गर्ने कार्यक्रम रहेको छ । उनको भ्रमणका लागि तामझामबिना नै पैदलयात्रुहरूलाई आउजाउमा राकिएको छैन । समान्य सुरक्षा बन्दोवस्तमा उनको दुईदिने भ्रमणको तयारी गरिएको छ । गएको चैत ३ गते सम्पन्न चुनावमा यादव गणतन्त्र नेपालको तेश्रो उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

उपराष्ट्रपतिको निर्वाचनमा यादवले बहुमत प्राप्त गरेका थिए । नेकपा (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पराजित गर्दै यादव उपराष्ट्रपति निर्वाचित भएको थियो ।

उपराष्ट्रपतिमा निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेका छन् । उनले संघीय संसद्तर्फ १४ हजार ५३६ र प्रदेश सभातर्फ १५ हजार ७९२ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यादवलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत गठबन्धनमा रहेका दलहरूले समर्थन गरेका थिए।

उनी गत मंसीर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा बारा–२ बाट निर्वाचित भएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध