जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा शनिबार बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नंको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ९२९२ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा ना ६ ख ६५७८ नम्बरको ट्रकका चालक सुनसरीको इनर्वा बस्ने २८ वर्षीय सागर चौधरी, सोही ट्रकका सह–चालक सुनसरी भरौलका ३० वर्षीय अर्जुन चौधरी र प्र १–०२–००१ ख ९२९२ नम्बरको ट्रकका सहचालक मोरङ बेलवारी नगरपालिका ८ का ४४ वर्षीय लोकमान थापाको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार प्र १–०२–००१ ख ९२९२ नम्बरको ट्रकका चालक जिल्ला सर्लाही बागमती नगरपालिका–११ का २० वर्षीय नारायण श्रेष्ठ गम्भीर घाइते भका छन् ।
दुबै ट्रकलाई इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।