Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

‘नेपाली काग्रेसको सहयात्रा जनजनको लागि पदयात्रा’ सुरु


‘नेपाली काग्रेसको सहयात्रा जनजनको लागि पदयात्रा’ सुरु

जलेश्वर । नेपाली कांग्रेसको संगठन सुदृढिकरणकालागि महोतरीमा ‘नेपाली कांग्रेसको सहयात्रा जनजनकोलागि पदयात्रा’ अभियान सुरु गरेको छ । नेपाली कांग्रेसका महोत्तरी सभापति नागेश्वर यादवको नेतृत्वमा ५० जना नेताहरु जिल्लाको १५ स्थानीय तहको १३२ गाउँटोल जाने योजना सहित खयरमाराबाट पदयात्रा सुरु गरेको हो । संगठन सुदृढिकरणकालागि शनिबारदेखि सुरु भएको पद यात्रा १५ दिन सम्म चल्ने सभापति यादवले बताए । खरमारमा पदयात्रीहरुलाई पार्टीका नेता कार्यकर्ताहरुले फुलमाला लगाएर बिदाइ गरेका छन् ।

नेपाली कांग्रेसका नेता बजरंग नेपालीले पार्टीका नेता कार्यकर्तामा उर्जा बढाउन, समन्वय–सहकार्य गरी नेता कार्यकर्ता तथा जनता बीच आत्त्मियाताकालागि पद यात्रा सुरु गरेको बताए । जिल्लाको १५ स्थानीय तहमा पुग्ने मार्ग र दिन निर्धारण गरी चैत्र ११ गते देखि सुरु भएको पद यात्रा २५ गते जलेश्वर पुगेर टुंगिने छ, नेता नेपालीले भने,‘ पद यात्रामा सहभागि नेताहरुलाई हरेक वडाका नेताहरुले आप्mनो वडामा संगै यात्रा गर्ने छन् ।’ मधेशमा बढ्दै गएको गर्मीलाई मध्यनजर गर्दै जिल्ला तहको पद यात्रा पछि निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, स्थानीय तह र वडा तहसम्मका छुट्टाछुट्टै पदयात्र गरी महोत्तरीमा कांग्रेसको संगठनलाई सक्रिय बनाउने योजना रहेको नेपालीले बताए ।

पदयात्रामा सहभागि नेता कार्यकर्तालाई शुभकामना दिंदै नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले महोत्तरीको अभियानले राजनीतिमा बढेको वैमनश्यता हटाएर कांग्रेसले कांग्रेसलाई र जनतालाई जोड्ने बताए । पदयात्राले राजनीतिमा कांग्रेस र कांग्रेसले नै मुलुक बनाउने सन्देश दिएको छ, सहमहामन्त्री यादवले भने,‘पहाडको खैरमारादेखि मधेशको जलेश्वरसम्म पैदल यात्राको क्रममा संगै बस्ने, खाने र संगै रात बिताउँदा आपसी सदभाव बढाउने छ । फरक फरक ठाउँका नेताहरुको १५ दिन सम्म संगैको बसाईले पार्टी भित्रको द्वन्द समेत अन्त्य हुने छ । यात्राले एकले अर्कालाई नजिकबाट बुभ्mने र पार्टीको गतिविधि बढाउन सहयोग पुग्ग्ने छ ।’ महोत्तरीबाट सुरु भएको पद यात्रा मधेश प्रदेशको आठ वटै जिल्लामा गरी कांग्रेसको गाउँ तहको संगठन सक्रिय बनाउने यादवले बताए । महोत्तरीको पदयात्रा पछि सप्तरीको कोशिदेखि पर्साको ठोरी सम्मको पदयात्राको तयारी गरिने यादवले बताए ।

पदयात्रा आरम्भ कार्यक्रममा प्रदेश सांसदहरु शेषनारायण यादव, संजय महतो, कुमरकान्त झा, लोहारपट्टीका मेयर शैलेन्द्र यादव, मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, युवा नेता बजरंग यादव लगायत धनुषा र महोत्तरीका नेता तथा कार्यकर्ता सहभागि थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध