जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा दुई दिवसीय कार्यशाला गोष्ठी बुधबार सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपाल र आसमान नेपालको सहकार्यमा विदेह नगरपालिकाले आयोजना गरेको कार्यशाला गोष्ठीमा स्थानीय सरोकारवालाहरूको आवश्यकता, चाहना र उनीहरूकै सहभागितामा स्थानीय विषयवस्तुलाई समावेश गरी विकास र कार्यान्वयन हुने पाठ्यव्रmम नै स्थानीय पाठ्यव्रmमको आवश्यक्तामा जोड दियो ।
यसलाई सार्थक बनाउन विदेह नगपालिकाका कार्य समितिका पदाधिकारीहरु, आधारभुत तथा मा.वि. स्तरका प्र.अ.हरु, विद्यालयको शिक्षकहरु, समुदायका ३५ जनाको सहभागितामा पहिलो चरणको कार्यशाला सम्पन्न भएको छ ।
गोष्ठीमा पालिकाको बस्तुस्थिति बारे जानकारी संकलन गरिएको छ ।
यस अन्तरगत ः यस पालिकाको नाम विदेह किन हुनगयो । त्यसको (क) परिचय ः परिचय भित्र भौगोलिक बनावट, क्षेत्रफल र सीमाना, जनसङ्ख्या, जातजाति, प्राकृतिक सम्पदा, सेवाप्रदायक निकायहरूबारे चर्चा भएको थियो ।
(ख) पुराना नाम र इतिहास, (ग) आदर्श (ऐतिहासिक, सांस्कृतिक, भौगोलिक, सामाजिक, प्राकृतिक, शैक्षिक, आर्थिक, पेसागत र राजनीतिक क्षेत्रमा गर्व गर्न सकिने पक्ष विशिष्ट व्यक्ति खोज्ने कार्य गरिएको थियोे ।
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यव्रmम विकास केन्द्रले स्थानीय सरकार, विद्यालय तथा शिक्षकहरूलाई स्थानीय पाठ्यव्रmमको विकास र कार्यान्वयनमा टेवा पु¥याउनका लागि आधारभूत तह (कक्षा १–३) को पाठ्यव्रmम २०७६, स्थानीय पाठ्यव्रmम प्रारूप, २०७१ तथा स्थानीय पाठ्यव्रmम विकास तथा कार्यान्वयन मार्गदर्शन (मातृभाषा सहित), २०७६ जस्ता महत्वपूर्ण निर्देशिका तथा पाठ्यव्रmम प्रारूपहरूको विकास गरेको छ ।
विदेह नगरपालिकाका मेयर बेचन दासले धनुषा जिल्लाको दोस्रो प्रमुख धार्मिक स्थाल यसै पलिकाको इटहर्वामा श्री रामजानकी कुट्टी जसले हाल १३ औं महन्तद्धारा पुजाआर्चनाको कार्य भईरहेको बताए ।
कुल ३३ किलो मिटर रेल्बे लाईन मध्ये १४ किलो मिटर यस नगरपालिकामा रहेको उनले बताए ।