लालबन्दी । सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा निर्वाचित नेविसंघ नेतृत्वको संयुक्त प्यानललाई मंगलबार नेपाली कांग्रेसले सम्मान गरेको छ ।
कांग्रेस क्षेत्र नं. १ (ख) ले क्याम्पसको स्ववियु चुनावमा विजयी संयुक्त प्यानलका पदाधिकारी र सदस्यहरुलाई लालबन्दीस्थित कांग्रेसको नगर पार्टी कार्यालयमा सम्मान गरेको हो । स्ववियु सभापतिमा निर्वाचित नेविसंघका अभिमन्यु चौधरी, सचिवमा निर्वाचित अखिल क्रान्तिकारीकी अनिता कुमारी बुढाथोकी र कोषाध्यक्षमा निर्वाचित नेकपा एस निकट अनेरास्ववियूका एलोज खड्कासहित अरु ६ जना सदस्यलाई समेत सम्मान गरिएको कांग्रेसले जनाएको छ ।
क्षेत्र नं. १ (ख) का सभापति सीताराम दाहालको अध्यक्षता तथा कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहको प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रममा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिन, पार्टीको महाधिवेशन प्रतिनिधि एवं जनज्योति क्याम्पसको व्यवस्थापन समितिका अध्यक्ष दीपक अधिकारी, क्याम्पसको पूर्व स्ववियु सभापति युवराज देवकोटा, नेताहरु कुवेर आचार्य, इन्द्र योन्जन, सुरेन्द्र कुमार न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।