Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

बारा–२ मा सत्ता गठबन्धनको साझा उम्मेदवार पाउनुपर्ने


बारा–२ मा सत्ता गठबन्धनको साझा उम्मेदवार पाउनुपर्ने

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) नेपालका प्रवक्ता मनिष सुमनले १० वैशाखमा हुने उपनिर्वाचनमा बारा २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार जसपाले पाउनुपर्ने बताएका छन् ।

उनले बारा २ मा गठबन्धनको साझा उम्मेदवारमा आफूहरुको हक लाग्ने बताए । ‘बारा २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार जसपाको हुनेछ भन्ने हामीले अपेक्षा राखेका छौं । यसअघि त्यहाँबाट निर्वाचित व्यक्ति पनि जसपाकै भएकाले साझा उम्मेदवारीमा हाम्रो हक लाग्छ।’ उनले भने ।

नेता सुमनले बारा २ मा पार्टीले उम्मेदवार टुंगो लगाइनसकेको बताए । ‘बारा २ को उम्मेदवार को हुने निष्कर्ष निकालेको छैन ।’

‘पार्टीको विधान अनुसार क्षेत्रीय समिति, जिल्ला समिति, मधेश प्रदेश समितिले उम्मेदवार टुंगो लगाएपछि हामीले टिकटमा हस्ताक्षर गर्नेमात्र हो, जसपाले कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवार निश्चय गरिसकेको छैन’ उनले भने ।

यता, सत्ता गठबन्धनमा रहेका अर्का दल जनमत पार्टीले बारा–२ मा उम्मेदवार उठाउने बताएको छ । जनमतका अध्यक्ष सीके राउतले बारा–२ मा हुने उपनिर्वाचनमा पार्टीबाट उम्मेदवारी दिने बताएका छन् । जनमतले संघमा नेकपा (माओवादी केन्द्र) र मधेश प्रदेशमा जसपा नेतृत्वको सरकारलाई साथ दिएको छ ।

बाराको कलैयास्थित सिद्धेश्वर संस्कृत माविमा पार्टीले बुधबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले उपनिर्वाचनमा उम्मेदवारी दिने बताएका हुन् ।

यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामहायप्रसाद यादव उपराष्ट्रपति बनेका छन् । उक्त खाली क्षेत्रबाट चुनाव लडेर संसद् छिर्ने दाउमा जसपा अध्यक्ष उपेन्द्र यादव छन् । सप्तरी–२ मा मंसिर ४ मा भएको निर्वाचनमा यादवलाई पराजित गर्दै राउत प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

‘पार्टीबाट उम्मेदवारी कसैले रोक्न सक्दैन्,’ उनले भने । निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेसँगै राउतले बारा आएर यादवविरुद्ध यस्तो अभिव्यक्ति दिएका हुन् ।

उपेन्द्र यादव आफैं मन्त्री बन्ने लालसाले पार्टीबाट कसैलाई सरकारमा पठाउन नचाहेको उनको आरोप छ । उनले आफूलाई सत्ता गठबन्धनभित्र उपप्रधानमन्त्रीको अफर आइरहेको खुलासासमेत गरे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध