Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

मेयरको कदमविरुद्ध आन्दोलन, बजार र यातायात ठप्प


मेयरको कदमविरुद्ध आन्दोलन, बजार र यातायात ठप्प

लालबन्दी । सर्लाहीको हरिपूर्वामा नगरप्रमुखको कदमविरुद्ध विभिन्न राजनीतिक दलले आन्दोलन सुरु गरेका छन् ।

नौ बुँदे माग राख्दै सर्वदलिय सङ्घर्ष समितिले आन्दोलन सुरु गरेको हो । समितिले सोमबार दोस्रो दिन हरिपूर्वा बजार र यातायात ठप्प पारेको छ ।

नेकपा एमाले, माओवादी केन्द्रलगायतका दलले नगरप्रमुख विनोद साह तेलीको विरुद्धमा आन्दोलन सुरु गरेका हुन् । उनीहरुले आइतबार बजार क्षेत्रमा नाराबाजी गर्दै कोण सभा गरेका थिए । नगरपालिकाको प्रशासनिक भवन हरिपूर्वा बजारमा रहेको मठको जग्गामा बनाउन लागिएको भन्दै एमाले, माओवादीलगायत दलले सर्वदलिय सङ्घर्ष समितिको नाम दिएर आन्दोलन सुरु गरेका हुन् ।

एमालेका स्थानीय नेता विकाउ यादवले नगरपालिकाको आफ्नै जग्गा हुँदाहुँदै मठको जग्गामा प्रशासनिक भवन बनाउन लागिएकोमा आफूहरुको आपत्ति रहेको बताए । अहिले भाडाको घरबाट सञ्चालन भइरहेको नगरपालिकालाई प्रशासनिक भवन निर्माण गर्न गत वर्ष एक जग्गादाताले १२ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

यस्तै, नगरप्रमुख र उनी निकटका मानिसले सडकमा परेको घर नभत्काउँदा हरिपूर्वा बजार क्षेत्रमा बाँके–सङ्ग्रामपुर सडक निर्माण हुन नसकेको आरोप लगाउँदै यो समस्या समाधान गर्न माग गरिएको छ । सङ्घर्ष समितिले केश्वर गरिब जनता माध्यमिक विद्यालयको जग्गा खोजी हुनुपर्ने, प्रहरी चौकी हरिपूर्वा पनि प्रहरीको आफ्नै जग्गामा बनाउनुपर्ने माग अघि सारेको छ ।

हरिपूर्वा नगरपालिकाका प्रमुख विनोद साह तेलीले भने नगरपालिकाको प्रशासनिक भवन निर्माण नहुञ्जेल मठको जग्गामा टहरा निर्माण गरी विषयगत शाखाहरु राख्न लागिएको बताए । उनले सर्वदलिय सङ्घर्ष समितिले अनावश्यक आन्दोलन गरेर अराजकता निम्त्याउने काम गरेको आरोप लगाएका छन् ।

नगरप्रमुख साहले आइतबार नै आन्दोलित पक्षलाई राखेर प्रमुख जिल्ला अधिकारीमार्फत छलफल गर्ने प्रयास गरे पनि छलफलमै नआएको बताए । साहले नगरप्रमुख र कार्यपालिकाले नगर चलाउने की ः कहीँ नभएको सर्वदलिय संर्घष समितिले नगर चलाउने ? भनी प्रश्न समेत गरे ।

फरक–फरक राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिबीचको आपसी विवादले थिलथिलो भएको हरिपूर्वा नगरपालिकामा आर्थिक वर्ष २०७९÷०८० सुरु भएको आठ महिना बितिसक्दा पनि कुनै योजना सञ्चालन हुन सकेका छैनन् । राजनीतिक किचलोका कारण नगरको विकास हुन नसकेको भन्दै हरिपूर्वाका स्थानीयले नैराश्यता व्यक्त गर्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध