जनकपुरधाम । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएको खुशियालीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका भातृसंगठन समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियन नेपाल धनुषाले शुक्रबार साँझ दीप प्रज्वलन गरेको छ ।
शुक्रबार साँझ जनकपुरधामको जनकचोकमा युवा, विद्यार्थीसहित जसपाका नेताहरुले दीप प्रज्वलन गरेर खुशियाली मनाएका हुन् ।
समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियन नेपाल, धनुषाको संयुक्त आयोजनामा आयोजित दीप प्रज्वलन कार्यक्रममा जसपाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
युवा संघ धनुषाका अध्यक्ष दिपेन्द्र कापरीको अध्यक्षतामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
जसपा नेपाल संसदीय दलका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएको खुशियालीमा धनुषाका युवा, विद्यार्थी र पार्टीका नेताहरुले जनकपुरधामको जनकचौकमा दीप प्रज्वलन खुसियाली मनाएको हो ।
सो कार्यक्रममा जसपाका नेता उर्मिला साह, बरुण यादव, ललित मण्डल, लालबाबु यादव, सीताराम यादव, रामु महरा तथा युवाका जिल्ला दिपेन्द्र कापरी, विद्यार्थी नेता बलिराम कापरी, आमिन राईन र सुनिल मण्डल सहितका नेताहरुको उपस्थितिमा दीप प्रज्वलन गरि शुभकामना सटासाट मनाएका छन् ।