Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

झा र शेखलाई जनही २÷२ लाखः मुख्यमन्त्री यादव


झा र शेखलाई जनही २÷२ लाखः मुख्यमन्त्री यादव

जनकपुरधाम । नेपाललाई वनडे विश्वकपको क्वालिफायरमा पुर्याउन महत्वपूर्ण योगदान गरेका मधेश प्रदेशका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनही २÷२ लाख नगद दिने घोषणा गरेका छन् । मधेश प्रदेशका खेलाडीद्वय झा र शेखले शानदार खेलको प्रदर्शन गर्दै नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा पुर्याएकोमा बधाई ज्ञापन समेत गरेका छन् । आइसीसी क्रिकेट विश्वकप–२ एकदिवसीय प्रतियोगितामा नेपालले बिहीबार शानदार जित हासिल गरेकोमा मधेश प्रदेशका मुख्यमन्त्री यादवले नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गरे ।

विश्वकप छनौट प्रतियोगितामा युएईमाथि गौरवपूर्ण जित हासिल गरेकोमा उनले नेपाली खेलाडी र प्रशिक्षकलाई बधाई दिएका हुन् ।

खेलाडी राष्ट्रका गहना हुन, उनले भने– मधेश प्रदेशका खेलाडी गुल्सन झा र आरिफ शेखको खेल उत्कृष्ट थियो ।

तपाईहरुले देश र प्रदेशको सम्मान बढाउनु भएकोमा हामीलाई धेरै खुशी लागेको छ, उनले भने । यसै अवसरमा कुशल भुर्तेल तथा भीम कार्कीको खेलको पनि उनले प्रशंसा गरेका हुन् ।

मधेश प्रदेश सरकारले यस प्रदेशका खेलाडी गुलशन झाको तेजस्वी तथा सौर्यपूर्ण खेल लामो समयसम्म खेलप्रेमीहरुको सम्झनामा रहिरहने बताउँदै मुख्यमन्त्री यादवले मधेश प्रदेशका अर्का खेलाडी आरिफ शेष समेतले आप्mनो खेलद्वारा मधेशको मान बढाएकोमा प्रसन्नता व्यक्त गरे ।

यही अवसरमा मुख्यमन्त्री यादवले खेलाडीद्वय झा र शेखलाई प्रोत्साहनस्वरुप मधेश प्रदेश सरकारको तर्पmबाट जनही दुई÷दुई लाख नगद प्रदान गर्ने घोषणा गर्नुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिए । गुल्सन झाले ४८ बलको सामना गरेर दुई छक्का र चार चौकाको सहयोगमा ५० रन जोडे । उनले खेलको ४२औं ओभर बलिङ गरेका युएईका कप्तान मुहम्मद वासिमको ओभरमा एक छक्का र तीन चौकाको मद्दतमा २० रन जोडेका थिए । आरिफ शेखले ६२ बलको सामना गरेर ५२ रनको महत्वपूर्ण पालि खेले । ३ सय ११ रनको लक्ष्य पछ्याउन उत्रेको नेपालले ३ विकेट सस्तोमै गुमाएपछि संकटमा परेको थियो । विश्वकपको क्वालिफायरमा प्रवेश गर्न युइई विरुद्धको खेल जित्नै पर्ने थियो ।

 

नेपाल एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुगेको छ । बिहीबार र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै क्वालिफायरमा पुगेको हो । नेपालले युएईलाई डकवर्थ लुइस नियमअनुसार ९ रनले पराजित गरेको हो ।

युएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले ४४ ओभरमा छ विकेटको २६९ रन बनाएको थियो । त्यसपछि पर्याप्त प्रकाश नभएका कारण अम्पायरले खेल रोकेपछि नेपाल विजयी भएको हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले छ विकेटको क्षतिमा ३११ रन विशाल लक्ष्य नेपालसामु प्रस्तुत गरेको थियो । युएईका लागि आशिफ खानले ४२ रनमा १०१ रनको योगदान दिए भने वृृत्य अरविन्दले ९४ र कप्तान मोहम्मद वासिमले ६७ रनको योगदान गरे ।

नेपालको जितमा चार जनाले अर्धशतक बनाए । भीम कार्कीले ६७, आरिफ शेखले ५२ रन बनाए भने कुशल भुर्तेल र गुल्सन झाले समान ५० रनको योगदान गरे ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध