Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

प्रदेश सरकार सबै काम गर्न सक्षम


जसपा संसदीय दलको नेतामा तीनको दावी

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निजामती कर्मचारी र प्रहरी समायोजन भएको खण्डमा प्रदेश सरकार पूर्वाधार निर्माणलगायत सबै काम गर्न सक्षम रहेको दाबी गरेका छन् । प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे राससको जिज्ञासामा उनले कर्मचारी र प्रहरी समायोजन भएपछि सम्पूर्ण पूर्वाधार निर्माण र सबै विकासका काम गर्न प्रदेश सरकार सक्षम हुने बताए ।

मुख्यमन्त्री यादवले भने, “सबैभन्दा पहिला काम गर्ने जनशक्ति हुनुप¥यो । बिना कर्मचारी मन्त्री र मुख्यमन्त्री भएर मात्रै केही गर्न सकिन्न । केन्द्रीय सरकारसँग यही अनुरोध छ, निजामती र प्रहरी समायोजन गरिदिनुस् ।”

प्रदेश सरकार पूर्णरुपमा ‘फङसन’मा आएपछि देशमा विकासको गति धेरै अगाडि बढ्ने उल्लेख गर्दै उनले सङ्घीय सरकारसँग त्यसका लागि निजामती ऐन तुरुन्तै पास गरेर कार्यान्वयनमा ल्याउन सुझाव दिए ।

प्रदेशका पूर्वसभामुखसहित रहेका यादवले भने, “शान्ति सुरक्षा र भ्रष्टाचार न्यूनीकरणका लागि प्रदेश प्रहरी पनि समायोजन गर्नुपर्छ । बिना प्रहरी र प्रशासनको सरकार चल्न सक्दैन ।” तीन तहको सरकारमध्ये सबैभन्दा समस्या प्रदेश सरकारले नै झेल्नुपरेको बताउँदै उनले मुलुक सङ्घीय संरचनामा प्रवेश गरेपछि भौतिक संरचनाको अभावमा प्रदेश सरकार र सभाका नेतृत्वले नै आफूलाई चाहिने कुर्सी र टेबल किनेर कार्यालय सञ्चालन गर्नुपरेको घटना सुनाए ।

मुख्यमन्त्री यादवले भने, “सङ्घ र स्थानीय तहमा पहिले नै संरचना भएकाले कुनै खास चुनौती झेल्नुपरेन, तर प्रदेशमा भने कुनै पनि भौतिक संरचना थिएन । आफूलाई चाहिने सामान आफैँले जोहो गरेर कार्यालय सञ्चालन गर्नुपर्ने परिस्थितिको सामना गरियो ।” एउटा बच्चाले बाह्रखरीबाट आफ्नो पढाइ सुरु गरेजस्तै प्रदेशसभाको जग पनि त्यसरी नै अघि बढेको घटना सुनाउँदै उनले प्रदेशमा कर्मचारीको ठूलो अभाव भएकाले सरकार र जनताले दुःख झेल्न परिरहेको उल्लेख गरे ।

विगतमा प्रदेश सभामुखको जिम्मेवारी आफूले तटस्थ र निष्पक्ष भएर प्रमाणित गरिसकेको बताउँदै उनले त्यसैको परिणाम सात प्रदेशमध्ये सबैभन्दा सहजरुपले मधेश प्रदेशकै सदन नियमित र सहजरुपमा सञ्चालन गर्न सफल भएको जानकारी दिए ।

मधेश प्रदेशले पाँच वर्षमा ५५ वटा विधेयक मात्र नभई सरकारको वार्षिक बजेटसमेत सर्वसम्मतिले पारित गरेको थियो । पूर्वसभामुख यादवले भने, “केन्द्रका दलका नेताको मनमा जे भए पनि मधेश प्रदेशका सबै राजनीतिक दल सङ्घीयताको पक्षधर नै छन् । त्यसले गर्दा मलाई काम गर्न पनि त्यहाँ सजिलो भएको छ ।” प्रदेशको अभ्याससँगै विकास निर्माण र सेवाको क्षेत्रमा निकै उपलब्धि हासिल भएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले विभिन्न ऐन तर्जूमादेखि विश्वविद्यालय स्थापनासम्मका धेरै काम भएको चर्चा गरे । यसैबीच, मधेश प्रदेशको समाजिक विकासमन्त्री सुरिताकुमारी साहले विगतमा सङ्घीयतामार्फत विकास र समृद्धिका मुद्दा उठाएर लडेकाले अहिले त्यो अभियानमा क्रियाशील र अग्रसर भइरहेको बताइन् । उनले भनिन, “मुलुकमा शासन व्यवस्था बदलीए पनि कर्मचारीको काम गर्ने तरिका परिवर्तन हुन सकेको छैन, सेवाग्राहीमैत्री हुनुपर्नेमा त्यो देखिन्न । उनीहरुलाई पनि परिवर्तनसँगै सङ्घीयताको भावना र मूल मर्मसँग ढाल्नुपर्छ ।”

सङ्घीयताको भावनाअनुरुप प्रदेशलाई अघि बढाउने सन्दर्भमा कानुनको अभावले काम गर्न असजिलो भइरहेको बताउँदै उनले केन्द्रले समयमा कानुन बनाउन नसक्दा प्रदेशका गतिविधिलाई चलायमान तुल्याउन चुनौती खडा भइरहेको उल्लेख गरिन् । मन्त्री साहले भनिन्, “प्रदेशको मर्मअनुसार विकास र समृद्धिका काम गरिरहेका छौँ, बिना विकास जनताले निर्वाचनमा एउटै मान्छेलाई दोहो¥याएर मतदान गर्दैन, मैले दुई पटक प्रदेशमा चुनाव जितिसकेको छु । केन्द्र र स्थानीय तहबाट आवश्यक सहयोग प्राप्त गर्न हामीलाई कठिनाइ भइरहेको छ ।” प्रदेशबाट विकासका काम प्रभावकारीरुपमा अघि बढिरहेको बताउँदै उनले मधेशका जनताले स्वास्थ्य, शिक्षा, सिँचाइ, मलको मागसम्बन्धी मुद्दा उठाउँदै आएको जानकारी दिइन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध