Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

जसपाबाट दुई, नेकपा एमाले र जनमतबाट एक÷एक जना उम्मेदवार


जसपाबाट दुई, नेकपा एमाले र जनमतबाट एक÷एक जना उम्मेदवार

काठमाण्डौ । उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले शनिबार बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरेको थियो ।

सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार तोकिएको समयभित्र चार जनाको उम्मेदवारी परेको हो । नेकपा(एमाले)का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । शाक्यको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट, रघुवीर महासेठ छन् । समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल रहेका छन् ।

यस्तै १० दलीय सत्तारुढ गठबन्धनकातर्फबाट जनता समाजवादी पार्टी (जसपा)नेपालका दुई जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसपाको तर्फबाट रामसहाय प्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले राष्ट्रपति पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने जनाएपछि दुई जनाको उम्मेदवारी परेको बताइएको छ । रामसहाय प्रसाद यादवको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, एकीकृत समाजवादीका किसान श्रेष्ठ, माओवादी केन्द्रका शक्ति बस्नेत र नेपाली कांग्रेसका रमेशजंग रायमाझी छन् । समर्थकमा जसपाकी रेखा यादव, अम्बिका काफ्ले, एकीकृत समाजवादीका प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् ।

प्रमिला यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन् ।

समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिष सुमन रहेका छन् ।

यस्तै जनमत पार्टीको तर्फबाट ममता झाको उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा जनमत पार्टीका अब्दुल खान, अनिता देवी, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का अभिराम शर्मा, रुपाकुमारी यादव रहेका छन् । समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, बसन्तकुमार कुशवाहा, लोसपाका रामप्रकाश चौधरी, रानीकुमारी तिवारी रहेका छन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्तागठबन्धनको तर्फबाट आइतबारसम्म साझा उम्मेदवार तय हुने बताए ।

आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रपतिमा भने सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।

जसपालाई कांगे्रेस, माओवादी र एसको समर्थन

काठमाण्डौ । सत्तारुढ गठबन्धनको शनिबारको बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारी सम्बन्धमा छलफल भएको छ । बालुवाटारमा बसेको नेपाली कांग्रेस र माओवादी केन्द्रसहित १० राजनीतिक दलको बैठकले उपराष्ट्रपतिको निर्वाचनबारे सहमति जुटाउन सकेन । तर, गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले भने उपराष्ट्रपतिमा जसपाकै उम्मेदवारलाई समर्थन गर्ने जनाएका छन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनबाट उपराष्ट्रपतिमा जसपाबाट साझा उम्मेदवार उठाउने सहमति भएको बताए । ‘सबै दलको एउटै धारणा बनेको छैन । तर हाम्रो समर्थन जसपालाई हो, जसपाबाट उम्मेदवार उठाउने गठबन्धनमा सहमति भएको छ,’ उपसभापति खड्काले भने, ‘कसलाई उम्मेदवार बनाउने भन्नेबारे जसपाले नै निर्णय गर्छ ।’

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्तारुढ गठबन्धनका तर्फबाट तत्काल तीन जनाको उम्मेदवारी दर्ता गर्ने निर्णय भएको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए । जनता समाजवादी पार्टीका तर्फबाट महिला र पुरुष दुवैको उम्मेदवारी दर्ता गर्ने निर्णय भएको छ । यसैगरी जनमत पार्टीका तर्फबाट ममता झालाई महिला उम्मेदवार बनाउने निर्णय भएको छ ।

राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने प्रावधान संविधानमा नै उल्लेख भएकाले झालाई महिला उम्मेदवार बनाउने विषयमा सत्तारुढ दलकाबीच सहमति भएको राउतले जानकारी दिए ।

उपराष्ट्रपति पदको चुनावमा आयोगको अनावश्यक विवाद

काठमाडौँ । पूर्व प्रमुख निर्वाचन आयुक्त डा.आयोधीप्रसाद यादवले फरक लिङ्ग वा समुदायबाट उपराष्ट्रपति हुनुपर्ने बताएका छन् । उपराष्ट्रपतिमा महिला हुने कि पुरुष हुने भन्ने विवाद चलिरहेका बेला पूर्व प्रमुख निर्वाचन आयुक्त यादवले सो कुरा बताएका हुन् । यादवले संविधानमा जुन कुरा स्पष्ट रुपमा लेखिसकेको छ त्यो कुरामा अहिले आएर निर्वाचन आयोग जस्तो सम्मानित संस्थाले विवाद उत्पन्न गर्न नहुने बताए ।

उनले भने, ‘उपराष्ट्रपतिको चुनाव गराउन निर्वाचन अधिकृत तोकिसकेको छ, संविधानअनुसार उम्मेदवारले उम्मेदवारी दिन्थे । यदि संविधान विपरित उम्मेदवारी परेको भए त्यसमा छानविन गर्ने अधिकार निर्वाचन अधिकृतलाई मात्र छ, यसमा निर्वाचन आयोगलाई कुनै अधिकार छैन । निर्वाचन अधिकृतले राय सल्लाह मागेपछि मात्र उसले केही बोल्नुपथ्र्यो तर उम्मेदवारी नपर्दै यसलाई आयोगले जानी जानी विवादमा ल्याएको छ ।’

उपराष्ट्रपति पदलाई केही स्वार्थी समूहले विवादमा ल्याउने प्रयास गरिरहेको बताउँदै त्यसलाई निर्वाचन आयोगले पनि साथ दिइरहेको दावी पूर्वप्रमुख आयुक्त यादवले गरे । निर्वाचन आयोगले मनोगत अभिव्यक्ति दिएर यसलाई विवादमा ल्याएको टिप्पणी समेत उनले गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध