Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

धनुषाको सपहीमा ट्याक्टर र मोटरसाइकल ठोकिदा दुईको मृत्यु


स्कोरपियोको ठक्करबाट बालकको मृत्यु

जनकपुरधाम । जनकपुरधाम–महेन्द्रनगर सडकखण्डको सपहीस्थित शनिबार राति ट्याक्टर र मोटरसाइकल ठोकिंदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सत्तो साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार जनकपुर–महेन्द्रनगर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँ–४ को सपहीमा शनिबार राति ९ बजेतिर ज१त ५२४५ नम्बरको ट्याक्टर र ज१०प ६४२९ नम्बरको मोटरसाइकल ठोकिएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गंभिर घाइते भएका ठाकुर र साहलाई उपचारको लागि प्रादेशिक अस्पताल पु¥याइएको थियो । तर, उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेको डीएसपी गौतमले बताए ।

मृतक ठाकुर मोटरसाइकल चालक हुन् भने सुडी पछाडि सवार थिए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्याय धनुषाले जनाएको छ ।

बारामा बसको ठक्करले मृत्यु

वीरगञ्ज । बारामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका–८ बस्ने ५० वर्षीय मजिद मियाँको मृत्यु भएको हो ।

 

आइतबार मध्यान्हे बुद्धचोकमा वीरगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ५७०० नम्बरको बस ब्याक गर्ने क्रममा उनलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार बसको ठक्करबाट मियाँ गम्भिर घाइते भएका थिए ।

मियाँलाई सीटी अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि गण्डक हेल्थकेयर अस्पताल वीरगञ्जमा ल्याइएको थियो । गण्डक अस्पतालमा उपचार गर्न नपाउँदै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पिकअप र अटो ठोकिदा एकको मृत्यु

लालबन्दी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जङ्गलमा पिकअप र अटो ठोकिदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–१० का ३४ दीपक स्याङतानको मृत्यु भएको हो । उनलाई लालबन्दीमा सामान्य उपचार गरी शनिबार साँझ थप उपचारका लागि वीरगञ्ज पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

शनिबार अपरान्ह ४ बजेतिर फूलजोर चोकबाट पाँच किलोमिटर पूर्वतर्फ पश्चिमबाट आइरहेको बागमती प्रदेश ०१–०२५ च ००७ नम्वरको पिकअप र विपरीत दिशाबाट गइरहेको प्रदेश २–०२–००१ ह ०३३३ नम्वरको अटो आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनायो ।

दुर्घटनामा पिकअपका चालक धादिङको थाक्रे गाउँपालिका–११ का २३ वर्षीय सुनिल सुनुवार सामान्य घाइते भएका छन् । उनलाई लालबन्दीमा सामान्य उपचारपश्चात आइतबार बिहानबाट प्रहरीले हिरासतमा लिएको छ ।

तीव्र गतिका कारण दुई सवारी आपसमा ठोक्किएका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यता, आइतबार बिहान खानीभञ्ज्याङबाट ओखलढुङ्गा सदरमुकाम जाँदैे गरेको ना १ ज ८४७३ नम्बरको बोलेरो जीप दियालेमा दुर्घटना हुँदा दुईजनाको घटना स्थलमै मृत्यु भएको थियो । दुर्घटनामा चिशंखुगढी–३ का ५२ वर्षीय मिनबहादुर श्रेष्ठ र ७० वर्षीय भक्तबहादुर थापाको ज्यान गएको छ ।

बोलेरो जीपमा चालकसहित १४ जना सवार थिए । जीप सडकभन्दा करिब एक सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण लगायतको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

घाइतेभएका १० जनाको हेलिकोप्टरमार्फत उद्वार गरिएको छ ।

सबै घाइतेहरूको नेपाली सेना र कैलाश एयरको हेलिकोप्टरबाट उद्वार गरी उपचारका लागि काठमाडौं पठाइएको हो ।

दुर्घटनाका परी गम्भीर घाइतेहरु चिशंखुगढी गाउँपालिका–३ का चालक २५ वर्षिय सुमन कार्की, २६ वर्षे शर्मिला श्रेष्ठ, वडा नं. १ का २२ वर्षे खेमबहादुर खत्रि र वडा नं.२ का ४० वर्षे केन्द्रबहादुर कार्कीलाई उपचारका लागि कैलाश एयर हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरिक्षक दीपक केसीले बताए ।

उनका अनुसार नेपाली सेनाको हेलिकोप्टरबाट चिशंखुगढी गाउँपालिका–२ की १३ वर्षे आयुशा श्रेष्ठ, सोही वडाका ५७ वर्षे तिलकुमारी श्रेष्ठ, सिद्धिचरण नगरपालिका–१० बेतेनीकी ४० वर्षे तुलसा धमला र उहाँका दुई वर्षीय छोरा विनय धमला, चिशंखुगढी–३ की चार वर्षीय लरिसा श्रेष्ठ र सोही स्थानकी ५० वर्षीय तिर्थलक्ष्मी श्रेष्ठलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध