Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

रमदैयाको राजदेवी मन्दिरमा चोरी गर्ने पाँँच पक्राउ


रमदैयाको राजदेवी मन्दिरमा चोरी गर्ने पाँँच पक्राउ

जनकपुरधाम । जनकपुरधाम–महेन्द्रनगर सडकखण्ड अन्तर्गत रमदैयास्थित राजदेवी मन्दिरमा चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित राजदेवी मन्दिरबाट चोरी गरेको सामान तथा घरेलु हातहतियारसहित उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–५ महेन्द्रनगर बस्ने ३७ वर्षीय रजाक मोहम्मद, विदेह नगरपालिका वडा नम्बर–४ सुन्दरपुर बस्ने २१ वर्षीय मोहम्मद हबगुल्ला शाह, कमला नगरपालिका वडा नम्बर–७ हथमुन्डा बस्ने २२ वर्षीय रमेश कुमार महतो, विदेह नगरपालिका वडा नम्बर–४ बस्ने २२ वर्षीय नशरुद्दिन शाह र ३० वर्षीय सरिफ मुसलमान रहेका छन् ।

उनीहरूले गत शनिबार मध्यराति रमदैयास्थित राजदेवी मन्दिरको ताला तोडेर देवीको चाँदीको मुर्ती, मुकुट अर्धवृत्त आकारको वस्तु (पाता), गिलास र सुनको मंटिका, नथिया, सिक्रि, कानको झुम्का लगायतको सुनचाँदीको सरसामानहरू चोरी गरेर फरार भएका थिए ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको बिशेष अनुसन्धान टोलीले मन्दिरमा जडान भएको सिसिटिभि फुटेज तथा भिडिओहरूको सुक्ष्म विश्लेषण गरी चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गरी नियन्त्रणमा लिइएको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

 

उनीहरूको खोज तलास गर्ने क्रममा शुक्रबार राति सरिफ मुसलमानलाई नियन्त्रणमा लिएर सोधपुछको आधारमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

योजनावद्ध तरिकाले उनीहरू फरार हुन लागेको अवस्थामा जनकनन्दनी गाउँपालिका वडा नम्बर–३ महुवास्थित भारतीय सीमा नजिक रेल्वे ट्रयाकको बाटो हुँदै भारततर्फ जाँदै गरेको अवस्थामा मन्दिरबाट चोरी भएका सामानसहित नियन्त्रणमा लिइएको एसपी खड्काले बताए ।

उनीहरूको साथबाट चोरीमा प्रयोग गरिएको कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने गोली १ थान, नगद ११ हजार ५००, मोबाइल १३ थान, चाँदीको मुर्तीको टुक्रा र मुकुटको टुक्रा समेत गरी अन्दाजी २ किलो, चरेशको थाल ७ थान, हम्मर १ थान, कमण्डल १ थान, दविया ३ थान, खुकुरी १ थान, ह्याक्सो ब्लेड १ थान, पासपोर्ट १ थान, परीक्षा प्रवेश पत्र १ थान, तामाको मरअंकित बस्तु १ थान, पित्तको कसौडी १ थान, पित्तलको सानो लोटा १ थान, पित्तलको गिलास १ थान, दियो १ थान, तामाको सानो सानो गिलासहरू, फलामको छेनी २ थान, ठुलो फलाको घन १ थान, सलाई रिन्च १ थान, फलाको चारपाटे वस्तु, खुकुरी १ थान र खन्ती १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

रमदैयास्थित राजदेवी मन्दिरबाट मुर्तिसहित २ किलो बराबरको चाँदीको पिढी, २५ तोलाको चाँदीको मुकुट, अन्दाजी १ किलोको चाँदीको झाप, अन्दाजी ५ सय ग्रामको चाँदीको थाली, १५ तोलाको चाँदीको लोटा, १२ तोलाको चाँदीको घण्टी, ६ आनाको सुनको मंगटिका, १० आनाको सुनको नथिया, ४ आनाको सुनको सिक्रि, १ आनाको सुनको नाकको टप, ६ आनाको सुनको कानको बाली र करिब २÷३ महिनादेखि दान पेटिकामा रहेको नगद चोरी भएको थियो ।

पक्राउ परेका उनीहरूको समूहले नै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१२ कुवास्थित हनुमान मन्दिरमासमेत चोरी गरेको भन्ने बुझिएकोमा थप अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध