Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

परिक्रमा आज धनुषाधाममा


परिक्रमा आज गिरिजास्थान पुग्दै

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमा बुधबार(आज) धनुषाधाम पुग्ने भएको छ । पर्वताबाट परिक्रमाको डोला बुधबार धनुषाधाम आइपुग्ने भएको छ । श्रद्धालु भक्तजन, साधुसन्तहरु धनुषाधामस्थित ऐतिहासिक पोखरीमा स्नान गरेर धनुष मन्दिरमा दर्शन पूजा गर्ने छन् । यसअघि मंगलबार महोत्तरीको कञ्चनवनबाट परिक्रमाको डोला पर्वता आइपुगेको थियो ।

मंगलबार बिहान परिक्रमा यात्री धनुषाको पर्वता आइपुगेको हो । कञ्चनवनबाट प्रस्थान गरेको परिक्रमा यात्रीको लागि क्षीरेश्वरनाथको महेन्द्रनगरमा निःशुल्क भोजन, खानेपानी लगायतको व्यवस्थापन गरिएको थियो ।

बुधबार धनुषाधाम, बिहीबार सतोषर, शुक्रबार औरही, शनिबार भारतको करुणा, आइतबार विशौल हुँदै सोमबार बिहान पुनः कल्याणेश्वर मठमा दर्शन गर्दै परिक्रमा यात्री सोमबार नै जनकपुरधाम आइपुग्ने छन् । मंगलबार बिहान अन्तगृह परिक्रमा गरेर १५ दिवसीय परिक्रमाको समापन गर्ने छन् ।

जनकपुरमा फागु पूर्णिमाको दिन होलीका दहनपश्चात अन्तरगृह परिक्रमा गरी मध्यमा परिक्रमा गरिन्छ ।

नेपाल र भारतको १ सय ३३ किलोमिटर पैदल यात्रा गर्ने परिक्रमाबासीहरु यस अवधिभरीको लागि आफ्नो गाँस, बास र कपासको व्यवस्था गरेर हिँड्छन् ।

फागुन ८ गते धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरी मठबाट भगवान राम र जनकपुरको अग्नीकुण्डबाट जानकीको डोलासहित परिक्रमा सुरु भएको थियो ।

परिक्रमाका सम्बन्धमा मिथिला महात्म्यमा चर्चा भएको पाइन्छ । मिथिला महात्म्य १८ औँ शताब्दीमा लेखिएको साधुसन्तहरु बताउँछन् । यस हिसाबले मिथिला मध्यमा परिक्रमा १८ औं शताब्दीभन्दा पहिले नै सुरू भएको अनुमान छ ।

परिक्रममा सहभागी हुँदा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ । चारधामको दर्शन गरे बराबरको फल प्राप्तीका लागि परिक्रममा सहभागी हुने गरेको साधुसन्तको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध