Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

माटो जाँच तथा बाली रोग व्यवस्थापन सम्बन्धी तालिम सुरु


माटो जाँच तथा बाली रोग व्यवस्थापन सम्बन्धी तालिम सुरु

जनकपुरधाम । तरकारी खेतीमा माटो जाँच तथा बाली रोग व्यवस्थापन सम्बन्धी पाँच दिने स्थानीय श्रोत व्यक्ति विकास तालिम धनुषाको नक्टाझिजमा शुरु भएको छ ।

नेपाल एग्रो लाइभको प्राविधिक सहयोगमा ग्रामीण उद्यम तथा विप्रेशण आयोजना (समृद्धि) इटहरीले आयोजना गरेको तालिममा तरकारी बाली उत्पादन र यसको बजार व्यवस्थापन लगायतमा

जेटीए, एग्रोभेटलाई काम गर्ने अवसर प्रदान गर्नको लागि यस प्रकारको तालिमको व्यवस्थापन गरिएको आयोजक संस्थाले जनाएको छ । रोजगारी नपाएको जेटीए, एग्रोभेट सम्बन्धी ज्ञान भएका व्यक्तिहरुलाई तालिम उपलब्ध गराएर सक्रिय बनाउन खोजिएको कृषि प्रविधि विज्ञ राजन गैरेले बताए ।

सोमबारदेखि सुरु भएको तालिममा व्यवसायिक रुपमा तरकारी खेति गरिरहेका किसानहरुको लागि प्राविधिक सहयोग गर्दा उत्पादनमा वृद्धि हुने विश्वास नेपाल एग्रो लाइभ प्रा.लि. का कार्यकारी प्रमुख समेत रहेका विज्ञ गैरेले बताए ।

जेटीए, एग्रोभेटको प्राविधिक क्षमतालाई अधिकतम उपयोग गर्नको लागि उनीहरुलाई तालिमको व्यवस्थापन गरिएको उनको भनाई थियो । तालिमपछि उहाँहरु प्राविधिक रुपमा थप सशक्त भएर अघि बढ्ने विश्वास उनले व्यक्त गरे ।

तालिममा सहभागीहरुलाई तालिममा व्यवसायिक तरकारी खेती गर्ने तरिका, रोग नियन्त्रणको उपाय लगायतका विषयमा प्रशिक्षण दिईने प्रशिक्षकको भूमिकामा रहेका नार्क कृषि विज्ञ विशाल भुषालले बताए ।

कृषि पेशालाई सम्मानित पेशाका रुपमा विकास गर्न प्राविधिकहरुको भूमिका महत्वपूर्ण भएको उनले बताए ।

उनीहरुको सिकाई उपलब्धीले तराई मधेशको कृषि क्षेत्रमा सकारात्मक प्रभाव पर्ने समृद्धि आयोजनाको तरकारी आपूर्ती श्रृंखला अधिकृत श्यामसुन्दर साहले बताए ।

फागुन १९ गते सम्म चल्ने तालिममा ओखलढुंगा, खोटाङ, मोरंग, सुनसरी, उदयपुर, भोजपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, धनकुटा र तेह्थुमका २५ जनाको सहभागीता रहेको छ ।

नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ती विप्रेशन आयोजना(समृद्धि) अन्तर्गत प्राविधिकहरुलाई माटो जाँच तथा बाली रोग सम्बन्धी तालिमको व्यवस्थापन गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध