Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

परिक्रमा आज कञ्चनवनमा


परिक्रमा आज कञ्चनवनमा

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमा सोमबार (आज) कञ्चनवन पुग्ने भएको छ । यसका साथै १५ दिवसीय मध्यमा परिक्रमाले आधा यात्रा तय गरेको छ । कञ्चनवनमा साधुसन्तहरुले होली खेलेपछि मिथिलामा होली विधिवत रुपमा प्रारम्भ हुने छ ।

परिक्रमामा सहभागी साधुसन्तहरुले कञ्चनवनमा होली खेल्ने परम्परा रहेको छ । केही वर्ष यता स्थानीय तहले कञ्चनवनमा कार्यक्रमको आयोजना गरेर होलीलाई विशेष बनाउने सार्थक प्रयास गरेको छ । भंगहा नगरपालिकाले केही वर्षदेखि कञ्चनवनमा विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ । जसका कारण कञ्चनवनको होली यस क्षेत्रको लागि विशेष बन्दै गएको छ । कञ्चवनमा सोमबार भव्य मेला लाग्ने छ । त्यहाँ होली कार्यक्रम हुने गर्छ । परिक्रमा यात्री एक अर्कालाई अविर लगाएर होलि खेलेर रात्रि विश्राम गर्ने छन् । कञ्चनवनमा त्रेता युगमा भगवान् राम र सीता एक आपसमा होली खेलेको मान्यता छ ।

जनकपुरधाम लगायत अन्य गाउँहरुबाट पनि सयौको संख्यामा हिन्दू धर्मावलम्बीहरु कञ्चनवनको होलीमा सहभागी हुन थालेका छन् । सो अवसरमा हुने गरेको सांस्कृतिक कार्यक्रमलाई होलीमय बनाउन सहयोग पुर्याउने गरेको छ । अघिल्लो समय कञ्चनवनको होली कार्यक्रमको मिडिया कभरेजमा पनि व्यापकता भएको छ ।

गएको फागुन ८ गते धनुषाको कचुरी मठबाट मिथिला बिहारी र जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजीको डोला उठेपछि १५ दिवसीय मध्यमा परिक्रमा विधिवत रुपमा प्रारम्भ भएको थियो । परिक्रमाको डोला आइतबार महोत्तरीको ध्रुवकुण्डमा रात्री विश्राम गरेको छ ।

धु्रवकुण्डमा बलवा नगरपालिका वडा नं. १० ले परिक्रमा यात्रीको लागि विशेष व्यव्स्था गरेको छ । निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क भोजन, आवासको लागि पराल र दाउराको समेत व्यवस्था गरिएको वडा नं. १० का वडाध्यक्ष राजकुमा यादवले बताए ।

परिक्रमाको छैठौं दिन महोत्तरीको मडै पुगेर रात्रि विश्राम गरेका परिक्रमामा सहभागी श्रद्धालुभक्तजन आइतबार बिहान ध्रुवकुण्ड पुगेका थिए ।

ध्रुवकुण्डमा रात्रि विश्राम गरेपछि सोमबार बिहान कञ्चनवन प्रस्थान गर्ने छन् । मंगलबार बिहान परिक्रमा क्रमशः धनुषाको पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्कने छन् । कञ्चवनपछि परिक्रमाको डोला धनुषा प्रवेश गर्ने छन् । मंगलबार परिक्रमाको डोला धनुषाको पर्वताको लागि प्रस्थान गर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध