जनकपुरधाम । शिक्षा तथा मानव संशाधन विकास केन्द्र योजना शाखाका निर्देशक अर्जुन ढकालले पूर्वी धनुषाको सामुदायिक विद्यालयको अनुगमन गरेका छन् ।
निर्देशक ढकालले सामुदायिक विद्यालयहरुको अवस्था सुधारोन्मुख रहेको बताए । धनुषाको जनकनन्दनी गाउँपालिकाको श्री केएसएच माध्यमिक विद्यालय खजुरीमा अनुगमन गरेका छन् । कक्षा १० का छात्राहरुलाई नेपाली र अंग्रेजीमा आप्mनो विद्यालयबारे भन्न लगाउँदा छात्रछात्राले जवाफ दिएका थिए । उनले सामुदायिक विद्यालयमा पठनपाठनको स्तर सुधार हुँदै गएको बताए ।
खजुरी माविमा प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले सिकाई परियोजना अन्तर्गत विभिन्न सहयोग गरेको छ । शिक्षा क्षेत्रमा आसमान नेपालले गरेको योगदान अनुकरणीय रहेको निर्देशक ढकालले बताए ।
सिकाई परियोजना अन्तर्गत आसमान नेपालले शैक्षिक सामग्री, बालबालिकाको लागि विभिन्न सामग्री र भौतिक पूर्वाधार मर्मत सम्भारको कार्य पनि गरेको छ ।
अनुगमनको क्रममा उनले कक्षा कोठामा भइरहेको शिक्षण सिकाइका बारेमा शिक्षक र विद्यार्थीसँग अन्तरक्रिया गरेका थिए । निर्देशक ढकालले सार्वजनिक शिक्षाको सुधारका लागि सरकारले योजनाहरु बनाइ सकेको छ ।
उनले सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचको बलियो सहकार्यका लागि पनि विशेष ध्यान दिनुपर्ने बताए । सार्वजनिक शिक्षा सुधारका लागि शिक्षण सिकाई प्रक्रियामा सुधार ल्याउन कडा मिहिनेत गर्न पनि शिक्षकहरूलाई आग्रह गरे ।
सार्वजनिक शिक्षालाई अलि तीव्र गतिमा सुधार गर्ने, शिक्षण सिकाइ र शिक्षण सिकाइसँग सम्बन्धित आवश्यक्ताअनुसार परिमार्जन गरेर अघि बढने गरी शिक्षा नीति ल्याउन लागिएको उनले बताए । शिक्षण प्रक्रियासँग सम्बन्धित कतिपय कमीकमजोरीलाई सच्याएर त्यसको तुरुन्त अनुगमन गर्ने, शिक्षण सिकाइसँग सम्बन्धित प्रविधि छ कि छैन ? सिकाइको प्रक्रिया के छ ? शिक्षक, अभिभावक र विद्यार्थीबीचको तादत्म्यता मिल्दोजुल्दो छ कि छैन ? यी कुरालाई पनि ध्यान दिनुपर्नेमा उनको जोड थियो । प्रअ रामकिशोर यादवले विद्यालयको अवस्थाबारे जानकारी गराएका थिए ।
यस्तै निर्देशक ढकाल नेतृत्वको टोलीले विदेह नगरपालिकास्थित प्राविधिक मावि गिद्धाबेलापट्टीमा पनि अनुगमन गरेका थिए । मावि गिद्धाबेलापट्टी नमूना विद्यालयको रुपमा अगाडि बढेकोमा प्रशंसा गर्दै उनले अन्य विद्यालयलाई पनि सहयोग गर्नको लागि प्रअ पवन मण्डललाई आग्रह गरे । जिल्लामा एउटा यो विद्यालय राम्रो भएर हुदैन्, उनले भने–यो विद्यालयले अन्य विद्यालयलाई समेत राम्रो बन्न सहयोग गर्नुपर्छ ।
प्राविधिक मावि गिद्धाबेलापट्टीमा पनि प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले सिकाई परियोजना अन्तर्गत सप्mटवेयर र हार्डवेयरको काम गरेको आसमान नेपालका संजीव साहले बताए ।