Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

नेपाल–भारत सीमा सुरक्षा समन्वयको बैठक


नेपाल–भारत सीमा सुरक्षा समन्वयको बैठक

लागूऔषध ओसारपसार नियन्त्रण गर्न दुवै देशका सुरक्षा अधिकारी सहमत

जनकपुरधाम । नेपाल–भारतका सुरक्षा अधिकारीबीच जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको संयुक्त बैठक जनकपुरधाममा शनिबार सम्पन्न भएको छ ।

संयुक्त बैठकले सीमा सुरक्षा व्यवस्थामा कडा गर्दै अपराधका सूचनाहरू एक–आपसमा आदानप्रदान गर्ने निर्णय गरेको छ ।

बैठकमा सीमामा हुने अपराध, लागुऔषध ओसारपसार, सीमा स्तम्भको अवस्थालगायतको विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिएका छन् ।

उनले जनकपुरधाममा दुई देशबीचको सुरक्षाकर्मीहरुको संयुक्त बैठक सम्पन्न भएको बताउँदै बैठकले सीमा सुरक्षा व्यवस्थामा कडाइ गर्दै अपराधका सूचनाहरु एक आपसमा आदान प्रदान गर्ने सहितको निर्णय गरेको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी दाहालले नेपाल र भारतका सुरक्षाकर्मीको नियमित बैठक भएको बताए । उनले भने, ‘यसमा हामी सीमा क्षेत्रमा हुने अपराध, अतिक्रमण, फेक करेन्सी, लागुऔषध ओसारपसार नियन्त्रणलगायतका सम्बन्धमा छलफल गर्छौँ । यस्ता बैठकले दुई देशबीचको सम्बन्ध पनि सुमधुर हुन्छ र हामी समय समयमा सुरक्षाकर्मीहरुबाट सहयोग पनि पाउँछौँ ।’

बैठकले सीमामा हुने अपराध कसरी नियन्त्रण गर्ने, लागुऔषधसम्बन्धी नियन्त्रण कसरी गर्ने, सीमा स्तम्भहरुको अवस्था कस्तो छ ? मर्मत गर्नुपर्ने भए सम्बन्धित निकायमा पहल गर्ने, हराएको भए खोजी गर्नेलगायतको निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

भण्डारीले नेपाल भारतको सीमा क्षेत्रमा रहेको सीमा स्तम्भलाई अनुगन गरेर मर्मत सम्भार गर्नुपर्ने आवश्यक देखिएको खण्डमा मर्मत सम्भार गर्ने, लागुऔषधसहित अपराधिक क्रियाकलापलाई कडाईका साथ नियन्त्रण गर्ने निर्णय भएको दाहालले जानकारी दिए ।

बैठकमा नेपालको तर्फबाट धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल , महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

यस्तै भारतको तर्फबाट मधुवनी जिल्लाका जिल्ला अधिकारी अरविन्द कुमार वर्मा, बिहार प्रहरी, एसएसबीलगायतका सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध