Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

महायज्ञमा साढे चार करोड र ३७ कट्ठा जग्गा दान


मधानी यज्ञ शुरु

बारा । महागढीमाई नगरपालिका–१ स्थित रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिर अगाडि आयोजना गरिएको श्रीमद् भागवत सप्ताह एवं श्री गढीमाई धार्मिक महोत्सव विधिवत्रुपमा बुधबार समापन गरिएको छ ।

गएको फागुन २ गतेदेखि सुरुआत भएको सो भागवत श्री गढीमाई बहुमुखी क्याम्पसका लागि जग्गा खरिद तथा भवन निर्माण गर्न उद्देश्यका साथ आयोजना गरिएको क्याम्पसका अध्यक्ष विजय स्वर्णकारले जानकारी दिए । यज्ञमा अहिलेसम्म विभिन्न दाताले ३७ कट्ठा जग्गादान गरेका छन् भने तुलादान, चन्दा सहयोग, गरी करिब साढे ४ करोडसमेत सङ्कलन भएको भवन निर्माण तथा जग्गा खरिद व्यवस्थापन समितिले जनाएको छ ।

 

तराई मधेशको जिल्लामा सम्भवत पहिलो पल्ट यस्तो भव्य एवं सभ्यरुपमा महायज्ञ सञ्चालन भएको हो । सबैभन्दा बढी राष्ट्रियसभाका पूर्वसदस्य रमेश यादवले २५ लाख ६२ हजार, जिल्ला समन्वय समिति बाराका संयोजक नरेन्द्र साहले रु २५ लाख, गढीमाई मन्दिर विकास तथा सञ्चालन समितिका अध्यक्ष रामचन्द्र साहले २१ लाख र महागढीमाई नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मनोज साह कानुले १२ लाख ५५ हजार पाँच सय ५५ दान गरेका हुन् ।

त्यसैगरी राजेन्द्र कुसवाहा रु ११ लाख ११ हजार एक सय ११, जयमङ्गल कुसवाहा रु पाँच लाख ५५ हजार, रामबाबु यादव रु पाँच लाख ५१ हजार, नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखरकुमार यादवले रु ५१ हजार, कांग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति विजयशङ्कर यादवले रु एक लाख ५१ हजार र भारत विहार बस्ने साई सुइटसका मालिक सुदेश गुप्ताले रु पाँच लाख ५५ हजार, कांग्रेसका जिल्ला सचिव भैयाराम यादवले रु पाँच लाख ५१ हजार र वडा नम्बर ७ का वडाध्यक्ष शिवेन्द्र प्रताप सिंहले रु एक लाख एक हजार दान गरेका छन् ।

त्यस्तै महागढीमाई नगरपालिका–२ निवासी मदन मली डोम र उनका श्रीमती रेखा मली डोम रु ३१ हजार एक सय ११, भाइ मनोज मली डोम बुहारी सुनिता मली डोम रु पाँच हजार एक सय पाँच तुला दान गरेका भागवत सप्ताह तथा गढीमाई धार्मिक महोत्सवका अर्थ कमिटी सदस्य दीपप्रकाश गुप्ताले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका कांग्रेस मधेश प्रदेशका अध्यक्ष एवं मधेश प्रदेश कांग्रेसको संसदीय दलका नेता कृष्ण यादवले क्याम्पसका लागि जग्गा खरिद एवं निर्माण गर्नका लागि प्रतिबद्धता व्यक्त गरे । तुला दान गरेका पाँच सय १५ जनालाई दोसल्लासहित कदर पत्रबाट मेयर यादवले सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध