Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

गेष्ट प्रवेशमा रोक लगाउँदा कांग्रेसले प्रदेशसभा चल्न दिएन्


गेष्ट प्रवेशमा रोक लगाउँदा कांग्रेसले प्रदेशसभा चल्न दिएन्

जनकपुरधाम । संसदीय दलको कार्यालयमा अतिथि(गेष्ट) बोलाउन नदिएको झोकमा नेपाली कांग्रेसले मधेश प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।

बुधबार प्रदेशसभाको बैठक सुरु हुनासाथ कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुमरकान्त झाले संसदीय दलमा अतिथि बोलाउन दिने कि नदिने प्रष्ट नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने बताए । गेष्ट बोलाउने विषयमा स्पष्ट नहुँदासम्म बैठक चल्न नदिने प्रमुख सचेतक झाले बताए । झाको कुरा सुन्दै कांग्रेसका प्रदेशसभा सदस्यहरु उठेका थिए ।

सभामुख रामचन्द्र मण्डलले बैठक अवरुद्ध नगर्न आग्रह गरे । तर कांग्रेस प्रमुख सचेतक झाले मर्यादापालक लगाएर गेटमा अतिथिलाई आउन नदिएको भन्दै उनले आपत्ति जनाए ।

सभामुख मण्डलले यसबारे छुट्टै छलफल गर्न सकिने बताए । प्रदेशसभा बैठकमै पनि छलफल गर्न सकिन्छ, उनले भने, ‘गेष्टलाई बोलाउन पाउने अवसर छ, तर अराजकता गर्ने, बिजनेश गर्ने, समस्या सिर्जना गर्ने, प्रदेशसभामा तोडफोड गर्नेलाई गेष्ट भन्न सकिन्न ।’

‘तीन घण्टादेखि जसले डिस्टर्ब गरेको छ, उसलाई गेष्ट भन्ने कि बिजनेसको लागि आएको भन्ने ? विजनेसका लागि आएको छ भने प्रदेशसभाको निर्णयलाई अवहेलना गर्ने व्यक्तिका लागि यो ठाउँ कदापि हुन सक्दैन’ मण्डलले भने ।

कांग्रेस प्रदेशसभा सदस्य रामसरोज यादवले जो सुकैलाई अतिथिका रुपमा बोलाउन सकिने बताए । कसलाई पिटेको हो भनेर प्रष्ट पार्न पनि उनले आग्रह गरे ।

सभाुमख मण्डलले कुन प्रयोजनले बोलाएको प्रष्ट हुनुपर्ने बताए । उनले अघि भने, ‘तपाईंको अतिथि बम लिएर आयो भने छिर्न दिइन्छ कि दिइन्न ?’ सभामुख मण्डलको भनाईलाई काउण्टर गर्दै काँग्रेस प्रदेशसभा सदस्य जीवछि यादवले सभामुखको गरिमामय प्रश्न उठाइ दिइन् । जीवछिले भनिन–सभामुख जस्तो गरिमामयको ख्याल नै नगरी बम जस्तो शब्द कसरी प्रयोग गरेको भन्द्र आपत्ति जनाइन् । प्रदेशसभामा बम शब्द बोल्न पनि नहुने, उनले भनिन्–तर, सभामुखज्यूले त्यसको ख्यालै नगरी बोल्नुभयो । यस्तो टिप्पणी कदापी सहय नहुने तर्क उनको थियो । ‘यहाँ को‍ही मान्छे बम लिएर छिर्नु भएको छ ? तपाईं जस्तो गरिमामय पदमा बसेर यो हाउस भित्र बमको कुरा गर्नु हुन्छ’, उनले सभामुखलाई प्रश्न गरिन्, ‘तपाईं जस्तो गरिमामय पदमा बसेको व्यक्तिले बमको कुरा गर्ने कति शोभनीय लाग्छ ?’ लगत्तै कांग्रेस सांसदहरुले प्रदेशसभा चल्न नदिने बताए । सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरे ।

त्यसपछि शुरु भएको प्रदेशसभाको बैठकमा बैठकमा प्रदेश सभाका सदस्यहरुले विशेष समयमा समसामयिक विषयमा नेपाल सरकार तथा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । किरण कुमारीले सप्तरीमा हालै एक जनाले गरेको आत्महत्याको छानवीनको माग गरिन् । आर्थिक भारले थिचिएर गरिब, विपन्न परिवार आत्महत्या गर्न बाध्य भइरहेकोले सरकारको ध्यानाकर्षण गराइन् । उनले भौतिक पूर्वाधार निर्माण मात्रै विकास नरहेको भन्दै सामाजिक सुधार पनि विकास रहेको जिकिर गरिन् ।

यस्तै, चन्दन सिंहले प्रदेशमा आइटी(सूचना तथा प्रविधि) क्षेत्रलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

बैठकमा अधिकांश प्रदेश सभाका सदस्यहरुले प्रदेशको शिक्षा, स्वास्थ्य, कृषि विकास निर्माण, सुशासन तथा हुलाकी राजमार्गको निर्माणमा भएको ढिलाइका विषयमा सरकारको ध्यानाकर्षण गराए । सप्तरी, धनुषा तथा सिरहा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभाका सदस्यहरुले हुलाकी सडकको निर्माणमा भएको ढिलाइ तथा कमला नदीको पुलको विषयमा ध्यानाकर्षण गराए ।

प्रदेशसभा सदस्य रत्नेश्वर गोइत यादवले हुलाकी सडक अन्तर्गतको पूल निर्माण कार्य तत्काल अगाड बढाउन प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

तीन वर्षमा निर्माण कार्य पूरा हुनुपर्ने पुल सात वर्षदेखि निर्माणाधीन अवस्थामा रहेकोले उनले प्रदेश सरकारलाई पहलको लागि आग्रह गरे ।

यस्तै रानी कुमारी तिवारीले भारतीय बजारबाट जीवनयापनको लागि सामान ल्याउनमा सुरक्षानिकायले अवरोध गरिरहेकोमा सरकारको ध्यानाकर्षण गराइन् ।

प्रदेश सभाका सदस्यहरुले प्रदेशमा सुशासनको अभाव रहेको बताउँदै सुशासन नभएका कारणले नै प्रदेशको बदनामी भएको उनले बताइन् । लाइसेन्स वितरणमा भइरहेको ढिलाईप्रति सरकारको ध्यानाकर्षण गराउँदै तिवारीले प्रदेशमै यसको व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् । लाइसेन्स पास गरिसकेको परीक्षार्थीले लाइसेन्सको लागि एक वर्षसम्म कुर्नुपर्ने बाध्यतालाई हटाउन प्रदेश सरकारसमक्ष माग गरिन् ।

यसका साथै विभिन्न बहानामा सङ्घीयताको विरोध गर्ने दलका नेताहरूलाई प्रदेश सभा सदस्य दिपेन्द्र ठाकुरले खबरदारी गराए । कसैले भन्दैमा संघीयता खारेज नहुने तर्क उनको थियो ।

नेकपा एमालेका हरिनारायण महतो, शारदा देवी थापा, नेकपा माओवादी केन्द्रका माला देवी कर्ण, उर्मिला देवी सिंह, अनिरुद्ध सिंह, प्रमोद कुमार जैसवाल, ललिता दास, जनमत पार्टीका सतिश कुमार सिंह लगायतले विशेष समयमा समसमायिक विषयमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध