Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

अभूतपूर्व विश्वासलाई कायम राख्न प्रदेश सांसदहरुको आग्रह


अभूतपूर्व विश्वासलाई कायम राख्न प्रदेश सांसदहरुको आग्रह

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलाई औपचारिक रुपमा प्रदेशसभाले बधाई ज्ञापन गरेको छ ।

मंगलबार बसेको बैठकले नवनियुक्त मुख्यमन्त्री यादवलाई प्रदेशसभामा उपस्थित दलका सांसदहरुले बधाई ज्ञापन गर्दै अभूतपूर्व विश्वासलाई कायम राख्ने गरी काम गर्न सचेत समेत गराएका छन् । मधेश प्रदेशसभाको पहिलो अधिवेशनको पाँचौँ बैठकमा मुख्यमन्त्री यादवलाई बधाई ज्ञापन गर्ने कार्यसूचीमा आ–आफ्ना धारणा राख्दै प्रदेशसभा सदस्यले शत्प्रतिशत विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्री यादवले त्यसको भावनाअनुसार उदाहरणीय काम गर्नसक्नुपर्ने बताएका हुन् ।

मुख्यमन्त्रीले उपस्थित एकसय दुई जनामध्ये शतप्रतिशत मत पाउनुभयो, त्यो तपाईँको सौभाग्य हो, सभामा बोल्ने अधिकांश सदस्यले भने, त्यो मत मधेशको हितका पक्षमा काम गर्नका लागि हो, त्यसैले अघिल्लो सरकारका कामबाट पाठ सिक्दै सिङ्गो मधेश प्रदेश र यहाँका जनताको पक्षमा काम गर्नुहोस् ।

सम्बोधनका क्रममा प्रदेशसभा सदस्य जङ्गीलाल रायले मुख्यमन्त्री यादवले सडक र सदनमा उठेका कुरालाई सम्बोधन गर्ने अपेक्षासहित कांग्रेसले विश्वासको मत दिएकाले त्यसलाई मधेशको हितमा प्रयोग गर्न आग्रह गरे । हामीले मधेश प्रदेशको हितका पक्षमा काम गर्ने अपेक्षासहित मत दिएका हौँ, रायले भने, विश्वासको मत दिँदैमा सबै सत्तापक्ष हुन् र संसद्मा प्रतिपक्ष छैन भन्ने नरहोस्, आउने दिनमा मुख्यमन्त्रीले गर्ने काम र खेल्ने भूमिकाले नै थप मूल्याङ्कन हुनेछ, त्यहीअनुसार हामी प्रस्तुत हुनेछौँ ।”

त्यसैगरी प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपानेले आफूहरूले मुख्यमन्त्रीलाई विश्वासको मत दिए पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले अहिलेको सरकारले सामन्तवादका अवशेषलाई हटाउने गरी समाजवाद उन्मुख नीति, बजेट तथा कार्यक्रम ल्याउने शर्तमा आफूहरूले शुभकामना मात्रै दिने बताए । संसद्मा प्रतिपक्ष नभएको विषयमा कुरा उठेको छ, पछिल्लो राजनीतिक अवस्थाका कारण हामीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छौँ, न्यौपानेले भने, जनअपेक्षाअनुसार काम नभएमा प्रतिपक्ष कति कडा हुन्छ भनेर देखाउने छौँ, त्यसैले जनअपेक्षाअनुसार काम हुनुपर्छ ।

जसपाका प्रदेशभा सदस्य रामअशिष यादवले लोकतन्त्रमा संसद् प्रतिपक्षको हुने भएकाले सरकारलाई नियमन र नियन्त्रण गर्न सबैले आवश्यकतानुसार प्रतिपक्षको भूमिका खेल्नुपर्ने बताए । सङ्घीयता र गणतन्त्रको संस्थागत विकास र मधेशी जनताको हितलाई सर्वोपरि ठानेर मन्त्रिपरिषद्ले काम गर्न जरुरी छ”, यादवले भने, पद सर्वकालीन हुँदैन तर पदमा भएको बेला गरेको काम सर्वकालीन हुने भएकाले लोकहितमा काम गरौँ । संघीयतामाथि गिद्धेदृष्टि राखेका छन्, उनले भने–मधेश प्रदेशको सफलताले नै संघीयता संस्थागत हुन्छ । संघीयता संस्थागत गर्नको लागि प्रदेशसभामा उपस्थित दलका सांसदहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ । सत्तामा सहभागी दलहरुको आवाज एक हुनुपर्नेमा उनले जोड दिए । मुख्यमन्त्रीज्यूको आवाजमा सत्ता साझेदार अन्य दलका मन्त्रीहरुले पनि साथ दिएर अघि बढनुपर्ने भनाई उनको थियो । आवाज फरक भए सरकार प्रा. लि. जस्तो संचालन भएको आरोप लाग्ने छ । जनताले मधेश प्रदेश सरकारलाई नियालिरहेकोले आप्mनो जिम्मेवारी निर्वाह गरेर अघि बढनुपर्छ । विगतमा भएको कमीकमजोरीबाट पाठ सिकेर अगाडि बढनुपर्छ । मन्त्रालयलाई प्रा.लि. नबनाएर सबैको मन्त्रालय बनाएर अघि बढनुको विकल्प नरहेको उनको भनाई थियो ।

जनमत पार्टीका प्रदेशसभा सदस्य चन्दन कुमार सिंहले सरकारले देखिने गरी काम गर्नुपर्नेमा जोड दिए । सभामुखको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका मुख्यमन्त्री यादवलाई प्रदेशको वस्तुस्थितिबारे राम्ररी अवगत रहेकोले प्रदेशलाई अनुभूति हुने गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।

मुख्यमन्त्रीलाई धन्यवाद दिनेक्रममा नेकपा एमालेका प्रदेशसभा सदस्य दीपेन्द्रकुमार ठाकुर जनकपुर यातायात कार्यालयमा भइरहेको भ्रष्टाचारको अन्त्य गर्न नेकपा एमालेका सांसद दीपेन्द्रकुमार ठाकुरले माग गरे ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा बोल्दै ठाकुरले लाइसेन्स वितरणमा भ्रष्टाचार भइरहेको आरोप लगाएका हुन् । ‘जनकपुर यातायात कार्यालयमा ७७ वटै जिल्लाका मान्छे सवारी चालक अनुमति पत्र लिन आउँछन् । यातायात कार्यालयको डाटा हेर्दा महिनामा ५ हजार लाइसेन्स वितरण भइरहेको छ । यो ५ हजार लाइसेन्समा करिब १० करोड भ्रष्टाचार भएको होला’, उनले भने ।

जनकपुर यातायात कार्यालयबाट परीक्षा पास गरेरभन्दा पनि २० हजार रुपैयाँमा लाइसेन्स पाउने गरेको उनले आरोप लगाए ।

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का संसदीय दलका नेता अभिराम शर्मा, जवाहरलाल कुशवाहा, कञ्चन विछा, विला अन्सारी र उर्मिलादेवी सिंहले सभालाई सम्बोधन गरेका थिए । उनीहरूले पनि मुख्यमन्त्री र उहाँ नेतृत्वको सरकारले जनजीवकासँग जोडिएका समस्या समाधान गर्दै सुशासन, सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार काम गर्ने अपेक्षा व्यक्त गरे ।

यसअघि मंगलबारको बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रबाट मन्त्रिपरिषद् पुर्नगठनसम्बन्धी प्राप्त पत्र सभासमक्ष प्रस्तुत गरिएको थियो । प्रदेशसभाको अर्को बैठक बुधबार(आज) दिउँसो १ बजे बस्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध