Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

निर्माण भएको एक वर्षपछि बसपार्क सञ्चालन


निर्माण भएको एक वर्षपछि बसपार्क सञ्चालन

लालबन्दी । सर्लाहीको मलङ्गवा नगरपालिका–२ मा निर्माण गरिएको सुविधा सम्पन्न बसपार्क प्रयोगमा ल्याइएको छ । मलङ्गवा नगरपालिका –२ मा सङ्घीय सरकारको रु आठ करोड ३१ लाखको लागतमा निर्माण गरिएको उक्त बसपार्क करिब एक वर्षपछि सञ्चालनमा ल्याइएको हो ।

मलङ्गवा नगरपालिका–९ मा रहेको पुरानो बसपार्क साँघुरो भएको र बजार विस्तारसँगै सवारी साधनको चाप बढेका कारण नयाँ बसपार्क निर्माण गरिएको थियो । नयाँ बसपार्कको निर्माण भएको करिब एक वर्ष हुनै लाग्दा पनि सरोकारवाला निकायले ध्यान नपु¥याउँदा बसपार्क प्रयोगविहीन अवस्थामा रहेको मलङ्गवा यातायात प्रालिका अध्यक्ष राजीव यादवले बताए ।

आफूहरु नयाँ बसपार्कमा जान तयार रहे पनि ठेकेदार कम्पनीले नगरपालिकालाई बसपार्क हस्तान्तरण नगरेको र नगरपालिकाले पनि चासो नदिँदा नयाँ बसपार्कमा जान नपाइएको उनको भनाइ थियो । बसपार्क निर्माण भए पनि सरोकारवाला निकाय एकले अर्काेलाई आरोप लगाउँदै लामो समयसम्म मलङ्गवा नगरपालिका¬–९ मा रहेको पुरानो बसपार्कबाटै बस सञ्चालन गरेका नगरप्रमुख नागेन्द्रप्रसाद यादवले बताए । उनका अनुसार नयाँ बसपार्कबाट बस सञ्चालनमा ल्याउने विषयमा जिल्लाका यातायात व्यवसायीसँग पटक–पटक छलफल गरिए पनि कुनै निष्कर्ष निस्केको थिएन् । केही यातायात व्यवसायीले नयाँ बसपार्कमा आफूहरु नजाने भन्दै नगरपालिकामा डेलिगेसन पनि आएका नगरप्रमुख यादवले बताए । तर नगरपालिकाले कार्याविधि नै बनाएर नयाँ बसपार्कबाट बस सञ्चालन गरेको छ । करिब २५ रोपनी क्षेत्रफलमा निर्माण भएको बसपार्कमा एकैसाथ ५२ वटा ठूला र २० वटा साना गरी ७२ वटा यात्रीबाहक सवारीसाधन पार्किङ गर्नसक्ने क्षमता रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर कार्कीले बताए ।

 

उनका अनुसार मलङ्गवा नगरपालिका– ९ मा रहेको पुरानो बसपार्कबाट बस सञ्चालन गर्दा ट्राफिक प्रहरीलाई व्यवस्थापनमा निकै समस्या हुने गरेको थियो । बजार विस्तासँगै साँघुरिँदै गएको पुरानो बसपार्कबाट बस सञ्चालन हुँदा सवारी व्यवस्थापनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने गरेको थियो, अब नयाँ बसपार्कबाट बस सञ्चालन हुुँदा बसपार्कका कारण हुने बजारको भीडभाड पनि कम हुने र दुर्घटनाको जोखिम पनि कम हुन्छ । प्रहरी निरीक्षक कार्कीले भने ।

अढाइ तल्ले टर्मिनल भवन, शौचालय, खानेपानी, प्रतिक्षालय, वर्कसप, पार्किङलगायत सुविधा सहितको बसपार्क झापाको सुरुङ्गास्थित कन्काइ इन्टरनेशनल विल्डर्सले रु आठ करोड ३१ लाखको लागतमा निर्माण गरेको हो ।

नेपाल सरकारले ठूलो लगानी गरेर निर्माण गरिदिएको बसपार्क लक्ष्यअनुसार नै प्रयोगमा ल्याइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

उनका अनुसार राज्यले ठूलो रकम खर्चेर निर्माण गरिएको बसपार्कमा कुनै पनि बाहनामा जान्न भन्न नपाइने बताए । बस पार्कबाट बस सञ्चालनको क्रममा कुनै किसिमका समस्या आएमा सुरक्षाका लागि सबै शक्ति लगाउन तयार रहेको प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

नयाँ बसपार्कबाट बस सञ्चालनको क्रममा सुरक्षासम्बन्धी समस्या देखिएमा समाधानका लागि जिल्ला प्रहरी कार्यालय तयार रहेको उनले जानकारी दिए । पटक–पटक नयाँ बसपार्क निर्माण भए पनि बस नगएको विषयमा समाचार प्रकाशन भएपछि मलङ्गवा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको ध्यान केन्द्रीत भएको थियो । ठूलो रकम खर्चेर निर्माण भएको बसपार्क निर्माण सम्पन्न भएको करिब एक वर्षपछि मात्रै सञ्चालनमा आएको हो ।

राज्यको करोडौँ रकम खर्च गरेर बनाइएको बसपार्क निर्माण भइसकेको एक वर्षपछि सरोकारवाला निकायले संयुक्तरूपमा पुरानो बसपार्कबाट नयाँ बस पार्कमा बस लगेर सञ्चालनमा ल्याएका हुन् । जिल्लाबाट लामो तथा छोटो दूरीका गरी करिब ९० वटा बस दैनिक छुट्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध