Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

जनयुद्धको योगदानको मधेश सरकारले सम्मान गरेको छःउपराष्ट्रपति पुन


जनयुद्धको योगदानको मधेश सरकारले सम्मान गरेको छःउपराष्ट्रपति पुन

जनकपुरधाम । उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्ध दिवस मनाउन तथा जनयुद्धको योगदानलाई स्थापित गर्न मधेश सरकारले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । गृह तथा संचार मन्त्रालयमातहतका मधेशी सहिद प्रतिष्ठानले जनयुद्ध दिवसका अवसरमा सोमबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा उनले सङ्घीय सरकारले पनि सार्वजनिक बिदा दिई नेपाली राजनीतिमा जनयुद्धले पु¥याएको उच्चतम योगदानको सम्मान गरेको उल्लेख गरे ।

देशको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि जनताले सचेतनापूर्वक थालेको सङ्घर्षकै कारण सिंहदबारमा केन्द्रित अधिकार र सेवा प्रदेश तथा स्थानीयस्तरमा पुगेकाले त्यसलाई संस्थागत गर्न सबैले एकताबद्ध भएर लाग्नुपर्ने उपराष्ट्रपति पुनले बताए ।

उपराष्ट्रपति पुनले क्रान्ति तथा आन्दोलनबाट नै देशमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशिता आएकाले यसको संरक्षण गर्ने दायित्व पनि सबैको भएको बताए ।

उनले दशवर्षे जनयुद्ध, २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलन, जनजाति तथा थारुलगायत पछिल्लो समयका क्रान्ति तथा आन्दोलनका उद्देश्य पूरा भए की भएनन् भन्ने विषयमा समीक्षा गर्न सकिए पनि हाल प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धिका लागि जनअपेक्षाअनुसार काम गर्नुको विकल्प नभएको बताए । क्रान्ति तथा आन्दोलनका सम्पूर्ण उद्देश्य पूरा भए की भएनन् ? यसको समीक्षाको पाटो अलग्गै छ, उपराष्ट्रपति पुनले भने, सत्य कुुरा ती क्रान्ति तथा आन्दोलनबाट नै देशमा गणतन्त्र आएको हो । सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशिता आएको हो । त्यसैले म यी उपलब्धिप्रति गौरव गर्न सबैमा आग्रह गर्दछु ।

मधेश प्रदेश प्रमुख हरिशङ्कर मिश्रले विभिन्न समयमा ज्यानको आहुति दिने शहीदको सपना र सोचअनुरूप काम गर्नु नै सच्चा श्रद्धाञ्जली हुने धारणा राखे । उनले शहीदको सपना र जनचाहनाअनुसार काम गरे मात्रै सच्चा सम्मान हुने भएकाले यसतर्फ सरकारलगायत सबै पक्षले यसतर्फ ध्यानदिनुपर्ने बताए ।

त्यसैगरी मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सामाजिक क्रान्तिको पर्याय जनयुद्धले देखाएका सपना पूरा गर्न लाग्नुपर्ने बताए । उनले सङ्घीयता विरुद्धका स्वरहरूलाई मत्थर गर्न पनि ऐतिहासिक जनयुद्धका सङ्कल्प पूरा गर्न पार्टी तथा सरकारले काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

मधेशी शहीद प्रतिष्ठानका अध्यक्ष एवं गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंहले जनयुद्धले नै एकीकृत राज्य व्यवस्थाविरुद्ध छोटो समयमै महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सघाउ पु¥याएकाले त्यसमा योगदान दिने शहीद तथा द्वन्द्व पीडितको घाउमा मलम लगाउन जरुरी रहेको बताए । उनले मधेश प्रदेश सरकारले जनयुद्धलाई प्रदेश पात्रोमा राखेर सम्मान प्रकट गरिसकेको र आगामी दिनमा शहीद तथा द्वन्द्व पीडित परिवारको राहत, रोजगारी र अन्य सुविधाका लागि थप पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा शहीद परिवारका तर्फबाट शहीद रामवृक्ष यादवकी छोरी एवं प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादव, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरतप्रसाद साह र जनमत पार्टी संसदीय दलका नेता एवं शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री महेशप्रसाद यादवले व्यवस्था परिवर्तनका लागि सहिदले रगत नबगाएको भए पछिल्लो परिवर्तन सम्भव नहुने भन्दै शहीदलाई राष्ट्रको सम्पत्तिका रूपमा स्वीकार्दै सम्मान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पाँच सय ४० सहिद परिवारलाई राहतको घोषणा गर्दै सहिद रामवृक्ष यादव परिवारका सदस्य सुदा यादवलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो । बाँकी परिवारलाई बैंक खातामार्फत एक÷एक लाख रुपैयाँ दिइने गृह तथा सञ्चार सचिव रामप्रसाद महतोले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध