लालबन्दी । सर्लाहीको लालबन्दीमा बिहीबार धाराको पानी जमेको हिलोमा डुबेर एक जनाको ज्यान गएको छ ।
लालबन्दी नगरपालिका ९ बस्तीपुर बस्ने रामबहादुर सुस्लिङका छोरा ४५ वर्षीय भुवन सुस्लिङ घर नजिकै रहेको धाराको पानी जमेको हिलोमा लडी रहेको अवस्थामा उपचारका लागि तत्काल मोडेल अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनायो ।
परिवारका अनुसार भुवन पहिले देखि नै छारे रोगबाट ग्रसित थिए ।