हरिपूर्वा । सर्लाहीको पर्सा गाउँपालिकामा ५ दिनअघि मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
हुलाकी सडक अन्तर्गत पर्सा गाउँपालिका–५ मा ज ७ प ३९२ नम्वरको मोटरसाइकल माघ २० गते राति सडक छेउमा रोकीराखेको ट्याक्टरको ट्रलीमा गएर ठोक्किँदा घाइते भएका हरिपूर्वा नगरपालिका ५ का ३० वर्षीय कन्हैया झाको मृत्यु भएको हो । झाको उपचारका क्रममा बुधबार राति न्यूरो अस्पताल बारामा मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।
दुर्घटनामा घाइते हरिपूर्वाकै राजीव महतो र मलंगवाका प्रवीण झाको न्यूरो अस्पताल बारामा नै उपचार चलिरहेको प्रहरीले जनायो ।