Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

‘स्पट फिक्सिङ’ प्रकरणमा वीरगञ्जका क्रिकेटर पक्राउ


‘स्पट फिक्सिङ’ प्रकरणमा वीरगञ्जका क्रिकेटर पक्राउ

वीरगञ्ज । नेपाल टी–२० क्रिकेट लिगमा भएको ‘स्पट फिक्सिङ’ प्रकरणमा वीरगञ्जका एक क्रिकेटर पक्राउ परेका छन् ।

यसअघि नै प्रहरीले पूर्व राष्ट्रिय खेलाडी महबुब आलमसहित दुई जना क्रिकेटरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

उक्त प्रकरणमा सलग्न रहेको आरोप लागेका ११ जना मध्ये थप १ जनालाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बसपार्क निवासी नितेश गुप्तालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

गत आइतबार काठमाण्डौबाट वीरगञ्ज आएको सिआइबीको टोलीले गुप्तालाई पक्राउ गरि काठमाण्डौ लिएर गएको प्रहरी श्रोतले जनाएको छ ।

जिल्ला क्रिकेट संघ पर्साका अध्यक्ष दाउद अन्सारीले ‘स्पट फिक्सिङ’मा संलग्न भएको आरोपमा वीरगञ्जबाट गुप्ता पक्राउ परेको खबर आफुले पनि सुनेको तर यस बारे विस्तृत जानकारी भने आफुलाई नभएको बताए । नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य समेत रहेका अन्सारीले भने, ‘गुप्ता वीरगञ्जको कुन टिमबाट खेल्थे त्यो मलाई जानकारी भएन, तर सिआइबीले उनलाई पक्रेर काठमाण्डौ लगेको खबर मैले पनि सुनेको छु ।’

पर्साका प्रहरी उपरिक्षक कोमल शाहले भने तीन दिन पहिले काठमाण्डौबाट सिआइबीको एक टोली वीरगञ्ज आएको तर कुन प्रयोजनका लागि आएको बारे आफुलाइ नबताएको बताए । शाहले भने, ‘सिआइबीको टिम वीरगञ्ज आएको थियो, केहि परयो भने प्रहरीको सहयोग चाहिन्छ मात्र भन्यो , त्यसपछि मसंग कुनै सम्पर्क भएन ।’

वीरगञ्जका एक क्रिकेटरका अनुसार पक्राउ परेका गुप्ता १२ कक्षा सम्म पढ्दा वीरगञ्जको ग्लोबल कलेजको टिमबाट स्थानीय स्तरका प्रतियोगितामा खेल्ने गर्दथे । १२ कक्षा पास गरेपछि उनी भारतको दिल्लीमा गएर केहि समय क्रिकेटको प्रशिक्षण लिएर हालै वीरगञ्ज फर्र्केका थिए ।

सिआइबी श्रोतका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमकै एक जना क्रिकेटरसँग गुप्ताको राम्रो सम्बन्ध थियो । त्यही सम्बन्धका आधारमा गुप्ताले एक जना भारतीय नागरिकले अह्राए अनुसार राष्ट्रिय टोलीका क्रिकेटरलाई फिक्सिङका लागि ‘हिट विकेट’ गर्न एप्रोच गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।

तर, राष्ट्रिय टिमका ती सदस्यले गुप्ताको प्रस्ताव मानेका थिएनन् । बरु उनले अन्तर्राष्ट्रिय क्रिकेट कमिटी (आईसीसी) को एन्टी करप्सन युनिट (एसीयू) लाई यस बारे खबर गरेको र उनले दिएकै सूचनाका आधारमा गुप्ताको संलग्नता खुलेकोे जनाएको छ ।

यसअघि सीआईबीले स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा माघ १० गते राष्ट्रिय क्रिकेटर मोहम्मद आदिल आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलमलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ । सीआईबीका अनुसार फिक्सिङमा ११ जनाको संलग्नता रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध