Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

राजश्व बढाउन नवनियुक्त अर्थमन्त्री यादवको निर्देशन


राजश्व बढाउन नवनियुक्त अर्थमन्त्री यादवको निर्देशन

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री संजय यादवले पदभार ग्रहण गर्दै सरकारको राजश्व वृद्धि गर्नको लागि कार्ययोजना बनाएर अगाडि बढ्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

जिम्मेवारी पाएको चार दिन पछि मन्त्रालयको कार्यभार सम्हाल्दै उनले प्रदेश सरकारको राजश्व वृद्धि गर्नको लागि कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिएका हुन् ।

गएको पुस २९ गते जनता समाजवादी पार्टी(जसपा)बाट बिनाविभागीय मन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका उनी गएको बुधबार मात्रै अर्थ मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

मन्त्री यादव आइबार दिउँसो मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै सरकारको राजश्व बृद्धि गर्नका लागि कर्मचारीलाई निर्देशन दिए ।

बजेटमा भएका प्रावधान अनुसार चालू खर्चलाई मितव्ययी बनाउँदै कटौति गर्ने र पूँजिगत खर्चलाई अभिवृद्धि गर्ने सम्बन्धमा पनि कार्ययोजना बनाउन निर्देशन दिएका हुन् ।

पुस २९ गते मुख्यमन्त्री सरोज कुमार यादवसँगै मन्त्री पदको शपथ ग्रहण गरेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले गएको बुधबार नै भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनीसँगै मन्त्री पदको शपथ लिएका जनमत पार्टीका बसन्त कुशवाहाले पनि बुधबार नै भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । सुरुमा जनमतका कुशवाहाले सामाजिक विकास मन्त्रालय पाउने भनिए पनि कुशवाहाले भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । ११ सदस्यीय मन्त्रीमण्डलमा अभैm सात मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ ।

आज मन्त्रिमण्डल विस्तार हुने

नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले सोमबार(आज) मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । मन्त्रिमण्डल विस्तार गर्नको लागि सत्ता साझेदार दलका नेताहरुसित आइतबार छलफल गरेका छन् । ११ सदस्यीय मन्त्रिमण्डलमा हालसम्म मुख्यमन्त्री यादवबाहेक तीन जना मन्त्रीको नियुक्ती भएको छ । सहमति अनुसार नेकपा एमाले, जनमत पार्टीलाई थप मन्त्रालय दिन लागिएको श्रोतले बताए । सरकारको नेतृत्व गरिरहेको जसपाले पनि थप मन्त्री नियुक्त गर्न लागेको श्रोतले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध