Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

हत्या आरोपी लक्ष्मी महतोको पक्षमा प्रदर्शन


हत्या आरोपी लक्ष्मी महतोको पक्षमा प्रदर्शन

जनकपुरधाम । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपका फरार नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोको पक्षमा नागरिक समाजवका अगुवाहरुले बुधबार जनकपुरमा प्रदर्शन गरेका छन् ।

उनलाई पक्राउ गर्न पुष्पकमल दाहाल नेतृत्वको सरकारमाथि विपक्षी दलहरुले दबाब दिइरहेका बेला जनकपुरधाममा सांसद महतोको पक्षमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

नागरिक समाज जनकपुरधामको ब्यानरमा एक समुहले जनकपुरधाममा प्रदर्शन गर्दै जनताबाट निर्वाचित समाजसेवी समेत रहेका महतो माथी झुठा मुद्दा लगाइएको भन्दै मुद्दा फिर्ता गरि महतोलाई संसदमा जनताको हितमा काम गर्न दिन मांग गरेका छन् ।

 

मधेश आन्दोलनताका अगुवा समेत रहेका महतोलाई नियोजित तरिकाले फसाउन षडयन्त्र भइरहेको उनीहरुको आरोप छ ।

एकातिर थारुको मन जितेका अगुवा नेता रेशम चौधरीलाई फँसाएर जेलमा राखिएको र अव चुनाव जितेकाले नै महतोलाई पनि फँसाउने काम भइरहेको छ, उनीहरुको दावी छ । मधेश आन्दोलनका अगुवा दिनेश पूर्वेको नेतृत्वमा जनकपुरधामको भानुचोकदेखि निकालिएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

उनीहरुले सरकार तथा प्रहरी प्रशासनविरुद्ध नारावाजी समेत गरेका थिए ।

प्रदर्शनमा सहभागी नागरिक अगुवा रामरिझन यादवले कोइरीलाई बदनियतपूर्ण ढंगले फसाउन खोजिएको आरोप लगाए ।

यसअघि महोत्तरी–१ बाट निर्वाचित सांसद महतोलाई पक्राउ गर्न गृह मन्त्रालयले पत्राचार गरिसकेको छ ।

हत्या आरोपमा तारेख गुजारी फरार महतोलाई पक्राउ गरी कानुनबमोजिम कारबाही अघि बढाउन गृहले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

दुई वर्ष पहिले २०७७ मंसिर १९ गते जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै जनकपुर उच्च अदालतले महतोलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो । उच्च अदालतको आदेशपछि तारेख लिन नपुगेका महतो हाल अदालतको फरार सूचीमा छन् ।

सशस्त्र प्रहरी असई थमन विकको कुटपिट गरी हत्या गरेको आरोप उनीमाथि छन् ।

उक्त घटनामा प्रहरीले महतोसहित २८ जनालाई आरोपी बनाएको थियो । २८ मध्ये चारजना हाल पुर्पक्षका लागि थुनामा छन् भने थप एकजनालाई पक्राउ गरी अदालतमा पेश गरेकोमा उनी समेत तारेखमा छुटेका छन् । यता आरोपीमध्येका पूर्व प्रदेश राज्यमन्त्री अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्वमेयर रामशंकर मिश्र र नेता सुरेश पाण्डेयसमेत तारेखमा छुटेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध