Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

रमेश महतोलाई सम्झिदै बलिदानी दिवस मनाइयो


रमेश महतोलाई सम्झिदै बलिदानी दिवस मनाइयो

शहीद परिवारलाई प्रदेश सरकारको चेक, शहीद गेटमा पनि कार्यक्रम

जनकपुरधाम । मधेश आन्दोलनका शहीदको सम्मानमा बिहीबार मधेश प्रदेशमा बलिदानी दिवस मनाइएको छ । प्रत्येक वर्ष माघ ५ गते मधेश केन्द्रीत दलले बलिदानी दिवस मनाउँदै आएका छन् । संघीयता पश्चात गठित प्रदेश सरकारले विशेष कार्यक्रम गरेर बलिदानी दिवस मनाउँदै आएको छ । यस वर्ष वर्ष पनि मधेश प्रदेश सरकारले जनकपुरस्थित मधेश भवनको कभर्ड हलमा विशेष कार्यक्रम गरेर बलिदानी दिवस मनाएको हो ।

मधेशी शहीद प्रतिष्ठानले आयोजना गरेको सम्मान कार्यक्रममा मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका परिवारलाई नगदसहित बल्यांकेट वितरण गरेको छ ।

तीन पटक भएको मधेश आन्दोलनको क्रममा प्रदेशका आठ जिल्लाका ६१ ज्ना मधेशीले शहादत प्राप्त गरेका छन् । उनीहरुलाई प्रति परिवार दुई÷दुई लाखको दरले आर्थिक सहयोग गरिएको छ ।

गृह तथा संचार मन्त्रालय मातहत रहेको प्रतिष्ठानले शहीद परिवारलाई बिहीबार दुई÷दुई लाखको चेक र एक÷एक वटा बल्यांकेट वितरण गरेको हो । बिहीबार आयोजित कार्यक्रममा ५२ जना शहीद परिवारले चेक र बल्यांकेट बुझेका छन् । सो अवसरमा पर्सा जिल्लाका घाइते मंसिफ पटेललाई पनि दुई लाख रुपैयाँको चेक प्रदान गरिएको छ । उनी मधेश आन्दोलनमा एक खुट्टा गुमाएका थिए ।

मधेश प्रदेशका नवनियुक्त विनाविभागीय मन्त्री संजय कुमार यादवले उनीहरुलाई चेक र बल्यांकेट प्रदान गरेका थिए ।

शहीद परिवारलाई सम्मान गर्दै मन्त्री यादवले आगामी वर्षदेखि साताव्यापी रुपमा बलिदानी दिवस मनाउने घोषणा गरेका थिए ।

मुलुकमा संघीयता, गणतन्त्र, समावेशिता मधेश आन्दोलनको देन रहेको बताउँदै मन्त्री यादवले आन्दोलनको उपलब्धी नै मधेश प्रदेश सरकार रहेको बताए ।

मधेश आन्दोलनको जगमा प्राप्त भएको संघीयतालाई संस्थागत गर्दै अघि बढनुपर्ने चुनौतीलाई स्वीकार गदै अघि बढ्ने उनले बताए । संघीयता ल्याउनमा मधेश आन्दोलनको क्रममा मधेशी सपुतहरुले दिएको ज्यानको आहूतिलाई सार्थक बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए ।

गृह तथा संचार मन्त्रालयका सचिव रामकुमार महतोको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा मधेश आन्दोलनका प्रथम शहीद रमेश कुमार महतोका परिवारको उपस्थिति रहेको थियो ।

पहिलो मधेश आन्दोलनका क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले शहादत प्राप्त गरेको थियो । बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिदै आएको छ । २०७४ साल फागुन ३ गते लालबाबु राउत नेतृत्वमा प्रदेश सरकार गठन भएपछि प्रत्येक वर्ष माघ ५ गते प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा विशेष कार्यक्रम गर्दै आएको छ । यसअघि २०७८ मा सप्तरीको राजविराजमा आयोजित सम्मान कार्यक्रममा शहीद परिवारलाई जनही ३÷३ लाख रुपैया र बल्यांकेट प्रदान गरिएको थियो । घाइतेहरुलाई पनि आर्थिक सहयोग गरिएको थियो । २०७७ मा जनकपुरमा विशेष कार्यक्रमको आयोजना गरेर शहीद परिवारलाई नगद २५ हजारसहित सम्मान गरिएको थियो भने २०७६ मा वीरगंजमा प्रदेश सरकारले आयोजना गरेको विशेष कार्यक्रममा नगद २५ हजारसहित सम्मान गरिएको थियो । २०७५ मा सिरहाको लहानमा विशेष कार्यक्रमको आयोजना गरेर प्रदेश सरकारले शहीद परिवार एक रोजगार अन्तर्गत नियुक्ती पत्र प्रदान गरेको थियो ।

यता, मधेश विद्रोहको प्रथम शहीद रमेश महतोको सम्झनामा समाजवादी युवा संघ, समाजवादी विद्यार्थी युनियन र मधेशी स्वास्थ्यकर्मी फोरम धनुषाले पनि बलिदानी दिवस मनाएको छ ।

मुजेलियास्थित शहीद गेट पुगेका युवा, विद्यार्थी, स्वास्थ्यकर्मी लगायत जनता समाजवाद पार्टी(जसपा) का नेता कार्यकर्ताहरुले शहीद रमेश महतोको शालिकमा माल्यार्पण गरेर दीप प्रज्वलन गरेका थिए । युवा, विद्यार्थी र स्वास्थ्यकर्मीहरुको अगुवाईमा आयोजित कार्यक्रममा जसपाका नेताहरुले शहीद रमेश महतोलाई सम्झेका थिए ।

कार्यक्रममा जसपाका केन्द्रीय सदस्य लालकिशोर साह, मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादव, मधेश प्रदेशका विनाविभागीय मन्त्री संजय कुमार यादव, प्रदेशसभा सदस्य रामअशिष यादव, जिल्ला अध्यक्ष पशुपति यादव, वडाध्यक्ष पुण्यप्रताप यादव, युवाका केन्द्रीय नेता धर्मेन्द्र यादव(धिरु), जिल्ला अध्यक्ष दिपेन्द्र कापडी, विद्यार्थीका जिल्ला अध्यक्ष बलिराम कापडी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध