Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

मुख्यमन्त्री यादवलाई सिंगो सदनको विश्वास मत


मुख्यमन्त्री यादवलाई सिंगो सदनको विश्वास मत

???? ???????? ???????????? ???? ?????? ?????? ????????? ?? ??????? ?????????? ?????????????? ??????????? ????????? ? ??????? ????????? ???????, ????

पक्षमा– १०२ मत, विपक्षमा–० मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सदनमा उपस्थित सबै सांसदको विश्वासको मत पाएका छन् ।

बुधबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् ।

पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जसपा संसदीय दलका नेता यादवलाई प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेससहित १० वटै दलले विश्वासको मत दिएका हुन् ।

मुख्यमन्त्री यादवले नेकपा एमालेका २४, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ७, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १ तथा चार जना स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित १०२ प्रदेश सांसदको समर्थन पाएका छन् ।

प्रदेशसभामा हाल १०५ सांसद छन् । बुधबारको बैठकमा १०२ जना सांसदको उपस्थिति रहेको थियो । माओवादीका दुईजना सांसदको शपथ विवादको कारण रोकिएको छ ।

प्रदेशसभाको शतप्रतिशत मत प्राप्त गर्ने यादव देशकै पहिलो मुख्यमन्त्री हो ।

बुधबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले सभामा उपस्थित एक सय दुईमध्ये सम्पूर्ण सदस्यको मत प्राप्त गरेर नयाँ इतिहास स्थापित गरेका हुन् । गएको पुस २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिदा ९८ प्रतिशत मत प्राप्त गरेको थियो । उनलाई नेपाल मजदूर किसान पार्टी १ र जनमोर्चा पार्टीका १ जना सांसदले विश्वासको मत दिएको थिएन् । प्रमुख प्रतिपक्षीको दावी गरेको नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिएको थियो । तर, मधेश प्रदेशमा सत्ताधारी गठबन्धनमा आवद्ध दल र विपक्षमा रहेका दलहरुले समेत नवनियुक्त मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका छन् । सभामुखमा सहयोग नगरेपनि कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएर सर्वसहमतको सरकार गठनको मार्ग प्रशस्त गरेको हो । मुख्यमन्त्रीमा नियुक्त भएसँगै यादवले सर्वसहमतिको सरकार गठन गर्ने प्रयास थाल्ने घोषणा गरेका थिए । सरकारबाट बाहिर रहेका दलका नेताहरुसित छलफल गरेर सरकारमा सहभागी गराउने आप्mनो पहिलो प्राथमिकता रहेको उनले बताउँदै आएका हुन् । नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीले पनि विश्वासको मत दिएर सर्वसहमतिको सरकार गठनको मार्ग प्रशस्त गरेको हो ।

सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री यादवले विश्वासको मत पाऊँ भनी सभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित भएको घोषणा गरेका थिए ।

मुख्यमन्त्री यादवलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने दशवटै दल र स्वतन्त्र सांसदले पनि विश्वासको मत दिए ।

पुस २७ गते मुख्यमन्त्रीको दाबी पेश गर्दा सत्ता गठबन्धन दल र दुई स्वतन्त्र सांसद गरी ६३ जनाको मात्रै समर्थन रहेकामा बुधबारको बैठकमा यादवले असाधारण अर्थात् उपस्थित सम्पूर्ण सदस्यको मत प्राप्त गरे ।

यसअघि बुधबार नै नेपाली कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

प्रदेशसभाको बुधबारको बैठकबाट नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको बताएका थिए । हाम्रो पार्टी संसदीय दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ, यादवले भने, प्रदेशको विकासका लागि प्रतिपक्षमा बस्ने गरी हामीले मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छाँै ।

उनले कांग्रेसले कहिल्यै पनि सत्तामा जान हतार नगर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध