Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

सरकारमा सहभागी हुन जसपाको सर्त


सरकारमा सहभागी हुन जसपाको सर्त

काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारमा सहभागी हुनका लागि सर्त अघि सारेको छ । न्यायोचित तथा सम्मानजनक अवस्था भएमा मात्र सरकारमा सहभागिता हुने सो पार्टीको भनाइ छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई जसपाले समर्थन गरेको छ । सरकारमा सहभागी हुन भने जसपाले सर्त अघि सारेको हो । ‘निर्वाचनको परिणामलाई विचार गर्दा संयुक्त सरकार गठन गर्नुको विकल्प छैन’, जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भने, ‘ सरकारको न्यनुतम साझा नीति तथा कार्यक्रम र सत्ता शक्तिको बाँडफाँडमा हुने सहमति र समझदारीको आधारमा सरकारमा पार्टीको सहभागिता हुन सक्नेछ ।’ समर्थन गरेको जसपाले सरकारमा सहभागी हुन हतार गरेको छैन् ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलमा सो पार्टीलाई दुई मन्त्रालय दिनेबारे सहमति भएको भनिएका बेला उनले भने पार्टीको लागि न्यायोचित तथा सम्मानजनक अवस्था भएमा मात्र सरकारमा सहभागिता हुने बताए । अन्यथा सरकारमा सहभागी नहुने उनको भनाइ थियो ।जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता वार्ता हुने भएको छ ।

यता, जसपा राजनीति समितिले गठन गरेको कार्य दलले अन्य दलहरुसित एकीकरणको लागि छलफल अघि बढाएको हो । जसपाका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ संयोजकत्वको कार्यदलले खड्क प्रसाद (केपी) पालुङ्वा नेतृत्वको जनमुक्ति पार्टीसँग एकता वार्ता अघि बढाएको हो । मंगलबार साँझ वार्ता सानो भर्याङस्थित श्रेष्ठ निवासमा भएको बताइएको छ ।

जसपाले पुस महिनामा सम्पन्न समान विचारधारा भएका दलहरुसँग वार्ताका लागि श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । जसपाले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीसित पनि एकताको प्रयास अघि बढाएको हो । दुवै दल बीच एकीकरण गरेर अघि बढ्ने शीर्षस्थ नेताहरुको निष्कर्ष रहेको छ । दुवै दलका शीर्षस्थ नेताहरुले वार्ताको लागि कार्यदल समेत गठन गरिसकेको छ । तर, केन्द्रको राजनीति घटनाक्रमले एकीकरण प्रक्रिया अघि बढ्न सकेको छैन् । दुवै दल एकीकरणको लागि सकारात्मक देखिएको छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड कटाउन नसकेर एकीकृत समाजवादी पार्टी राष्ट्रिय पार्टीबाट बञ्चित भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध