Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

कम्बल बाँड्न नसकेको प्रदेश सरकारले मोटरसाइकल बाँडे


कम्बल बाँड्न नसकेको प्रदेश सरकारले मोटरसाइकल बाँडे

जनकपुरधाम । मधेश प्रदेश सरकारले सुरक्षा निकायलाई मोटरसाइकल हस्तान्तरण गरेको छ ।

प्रदेशका आठै जिल्लामा २४ थान मोटरसाइकल मंगलबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।

गृह तथा संचार मन्त्रालयले चालु आर्थिक वर्षमा छुट्टयाएको बजेटबाट सुरक्षानिकायलाई मोटरसाइकल उपलब्ध गराएको हो । मन्त्रालयले आर्थिक वर्ष २०७९।०८० मा सुरक्षा निकायलाई सवारीसाधन उपलब्ध गराउनको लागि छुट्टयाएको बजेटमध्ये ६४ लाखमा २४ वटा मोटरसाइकल खरिद गरे उनीहरुलाई हस्तान्तरण गरेको हो । सुरक्षा निकायलाई गृह तथा संचार मन्त्री भरत प्रसाद साहले मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

जिल्लाका प्रहरी चौकी, सशस्त्र प्रहरीका विभिन्न पोष्ट तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई गृह तथा सञ्चारमन्त्री साहले मोटरसाइकल हस्तान्तरण गरेका छन् ।

मोटरसाइकल हस्तान्तरण गर्दै गृह तथा सञ्चारमन्त्री साहले शान्ति सुरक्षा, विपत व्यवस्थापन तथा शहीद परिवार एवं घाइतेहरूलाई राहतसहितको कामकाज मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर अघि बढेको बताए ।

मधेश प्रदेशका गृह तथा सञ्चार राज्यमन्त्री रुवी कुमारी कर्णले प्रहरीले पाएको सवारी साधनबाट शान्ति, सुरक्षा तथा जनताको जीउ धनको रक्षा गर्न मद्दत पुग्ने बताए ।

मन्त्रालयका सचिव रामकुमार महतोले शान्ति सुरक्षा तथा विपत व्यवस्थापनमा सुरक्षा निकायहरूलाई विभिन्न प्रकारको सहयोग गर्दै आएको बताउँदै न्यानो कम्बल वितरणका लागि ८ जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा ८ लाखको दरले रकम पठाएको बताए ।

कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि मण्डल, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक मसाउद खान, सशस्त्र प्रहरीका नायव महानिरीक्षक गणेश ठारा मगरले मन्त्रालयबाट प्राप्त भएको सवारी साधनबाट प्रहरीलाई गस्ती गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए । केही दिनदेखि मधेशमा बढेको चिसोले गरिब, विपन्नलाई ज्यान जोगाउन मुस्किल भएको छ । जाडो छल्न पर्याप्त लत्ताकपडा नहुँदा गरिब, विपन्नलाई प्रदेश सरकारको सहयोग प्राप्त भएको छैन् । मधेश प्रदेश सरकारले विपद व्यवस्थापन समितिमार्पmत कम्बल वितरण गर्ने भनेपनि अन्तिम समयमा असमर्थता जनाएको छ । प्रदेशको विपद् व्यवस्थानको जिम्मेवारी पाएका गृह तथा संचार मन्त्रालयले गत साता मात्रै प्रदेशका आठै जिल्ला विपद् व्यवस्थापन समितिलाई आठ÷आठ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध