जनकपुरधाम । तराईमा सितलहर शुरु भए सँगै क्षीरेश्वरनाथ नगरपालिकाले दाउरा वितरण शुरु गरेको छ । केहि दिनदेखि अत्यधिक चिसो बढे पछि नगरबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न टोलमा दाउरा वितरण गरिएको क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवले बताए । विपन्न, गरिब, मुसहर समुदायलाई लक्षित गरि दाउरा बितरण शुरु गरिएको नगर प्रमुख यादवले बताए । क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर १ देखि १० सम्म प्रत्येक वडामा दैनिक ज्याला मजदुरी गरि खाने टोलहरुलाई मध्यनजर गर्दै आगो बाल्दा टिकाउ हुने धेरै बेरसम्म आगो हुने दाउरा वितरण गरिएको उनले बताए । गरिव समुदायमा पर्याप्त लुगा कपडाको बन्दोबस्ती गर्न सक्ने क्षमता नहुदा चिसोका कारण साना बालबालिका , सुत्केरी महिला ,ज्येष्ठ नागरिकहरुमा बढी समस्या भएको नगर प्रमुख यादवले बताए ।