जलेश्वर । मधेश प्रदेशसभामा एउटै पालिकाका ६ जना देखिने भएको छ । महोत्तरीको मनरासिशवा नगरपालिकाबाट ६ जना प्रदेशसभा सदस्य भएका छन् ।
मनरासिसवा नगरपालिकाबाट ६ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । जसमा ४ जना महिला र दुई पुरुष सांसद छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यो नगरपालिका ठेगाना भएका प्रत्यक्षतर्फ २ र समानुपातिकबाट ४ जना निर्वाचित भएका हुन् ।
प्रत्यक्षतर्फ मनरासिसवा ८ सहसरामकी रानी कुमारी तिवारी क्षेत्र नं ३ (२) बाट र वडा नं ७ सरपल्लोका सरोजकुमार सिंह क्षेत्र नं ४ (२) बाट निर्वाचित भएका छन् ।
तिवारी लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र सिंह जनता समाजवादी पार्टी(जसपा)बाट निर्वाचित भएका हुन् ।
यस्तै, समानुपातिकतर्फ मनरासिशवा ६ सरपल्लोकी रमिता प्रधान लोसपाबाट, वडा नं ७ सरपल्लोकै अनिता साह र वडा नं ८ सहसरामका चन्दन सिंह जनमत पार्टीबाट, तथा वडा नं ८ सहसरामबाटै अञ्जना पण्डित नेपाली काङ्ग्रेसबाट मधेश प्रदेशको सांसद बनेका छन् ।